0

कस्ता हुन्छन् सफल नेता ? 

ARKive image GES004619 - African elephant
हाम्रा नेता खराब भए । जनताको वास्ता गरेनन् । जनताका पिर मर्का हेरेनन् । बुझेनन् । जनतामा तिप्रति विश्वास भएन । त्यहि कारणले । आफ्नो लागि मात्रै सोचे । आम समूहकालागि ति प्रतिबद्द भएनन् । यहि आरोप लगाउँछौं हामी । यहि गुनासा छन् अहिले । साँच्चिकै अशल नेता कस्तो हुनुपर्छ ? हामीले जिवजन्तुबाट धेरै सिक्न सक्छौं । त्यसको उदाहरण हात्तीबाट दिन सकिन्छ । हात्तीहरुबाट हामीले अशल नेता कस्तो हुनुपर्छ भनेर सिक्न, देख्न र बुझ्न सकिन्छ । यो पहिलो तस्विरमा हेर्नुस् त । सबै भन्दा अगाडि रहने समूहकी पाका, बलिई, कर्मठ र अनुभवी पोथी हो । त्यसैले उसले समूहको नेत्रित्व गरेकि छे । समूहलाई नेत्रित्व गर्न सक्ने क्षमताकै कारणले उसका पछाडि सयौं लागेका छन् । के आज नेपाली जनतामा यस्तै नेताको अभाव भएको हो ?
elephant20trunk
कर्मठ हुन्छन् अशल नेता । जुनसुकै चुनौतिबाट पनि पार लगाउँछु भनेर तिनले प्रतिबद्दता जाहेर गर्छन् ।
75519_432569636822135_1950190634_n
त्यहि विश्वाश जित्न सकेमात्रै युवाहरुले तिनका पुच्छर नै समातेर पछि पछि लाग्छन् । साथ दिन्छन् ।
elephant-hurd-matriarch-leading_jock5dii_25-09-2009_img_3798
अशल नेताहरु लडाई मात्रै गर्दैनन् । अशक्त, वालवालिका, बच्चाबच्चीहरुलाई पाका नेताले चारैतिरबाट सुरक्षा दिन्छन् । सुरक्षित अभिभावकत्वले मात्रै विश्वास जित्न सकिन्छ । सानाको ख्याल गरेनै तिनले भविष्यमा विश्वास जित्न सकिन्छ भन्ने तिनमा हेक्का हुन्छ ।
an_elephant_herd_at_jim_corbett_national_park
भाइ फुट्नु गँवार लुट्नु हो । समूह तितबितर भए वैरीहरु जाईलाग्न सक्छन् भन्ने उनीहरुलाई राम्रो हेक्का हुन्छ । त्यसैले उनीहरु समूहमा बस्छन् । सामूहिक नेत्रित्व हात्तीहरुको जिवनशैली हो ।
elephant-herd
नेत्रित्वकर्तामा हुने तिनै गुणहरुले गर्दा सबैको मन, विश्वास जितेको हुन्छ । त्यसैले नेत्रित्व कर्ता अग्र भागमा बसेर जे आदेश दिन्छ उनीहरु त्यसलाई तुरुन्तै पालना गर्छन् ।
elephants-help
राजनितिक दाउपेच, नेत्रित्व हत्याउन, लूट्न, एक्लै खान, मोज गर्न अनेक षडयन्त्र गरेर खाडलमा जाक्ने, छिर्कि हान्ने गर्दैनन् । बरु अप्ठेरोमा पर्दा सकेसम्म त्यसबाट बाहिर झिक्ने कोसिस गर्छन् । सहयोग गर्छन् । अनेक जोखिम मोलेर पनि उद्दार गर्ने कोसिस गर्छन् ।
Elephant-Nature-Park-Lucky-family-herdसही नेत्रित्व कहाँ सहज हुन्छ र ? अनेक समस्या, बाधा, ब्यवधान र कठिनाई अनि चुनौति सहनु पर्छ नेत्रित्वकर्ताले । तर जसले राम्रो नेत्रित्व दिन्छ उसलाई गाह्रो साह्रो पर्दा अनुयायीहरुले ख्याल गर्छन् । माया दिन्छन् । गाह्रो साह्रो बुझ्छन् ।
hi-elephants-852
पाका, हुर्केका, जवान जान्ने बुझ्नेले मात्रै होइन । साना केटाकेटीहरुलेपनि अशल नेत्रित्वकर्ताको, अभुइभावककको अभाव र सेवाको महसुस हुन्छ । त्यसैले ति बिरामी पर्दा साना केटाकेटीलेपनि ख्याल गर्छन् । तिनका पिडा, दुख, बेदना बुझ्न खोज्छन् ।
elephant curled trunk
त्यसैले अशल नेत्रित्वकर्तालाई गाह्रो साह्रो पर्दा अनुयायीको मन रुन्छ । ति बिलाप गर्छन् । रुन्छन् । पिरिन्छन् । छटपटिन्छन् ।
nepal-wildlife-elephants-nepalplus-1
काम लियो । पाखुराला पाइन प्रयोग गर्‍यो । लडायो । उचाल्यो । भिडायो । आश्वाशन बाँड्यो । मरेपछि ढुंगाले पुर्‍यो । हिँड्यो । पद लियो । कुर्सि हत्यायो । अनि आफ्ना बल, सामर्थ्य र शक्तिका स्रोतलाई भुल्यो । यस्तो हुन्न हात्तीहरुमा । कोहि मारियो भने बदला लिन्छन् । मरेमा काजक्रिया गर्छन् । सामूहिकरुपमा अन्त्यष्टी गर्छन् । रुन्छन् । बेदना पोख्छन् । र हरेक वर्ष उसको अन्त्यस्टि स्थलमा गएर श्रद्दान्जली दिने गर्छन् । बाँचुन्जेल स्मरण गर्छन् ।
ARKive image GES004434 - African elephant
आखिर रोएर, बिलाप गरेर मात्रै त चल्दैन । बाँकि जिवितको लागि कठोर भएर सोच्नै पर्छ । बाँकिका निम्ति नेत्रित्व गर्नै पर्छ । अभिभावकत्व दिनै पर्छ । त्यसैले जतिसुकै अप्ठेरो होस । सजिलो होस । त्यस्ता नेताले बाटो बिराउँदैनन् । सधैं नेत्रित्व गर्छन् सबै जोखिम लिएर । फेरी आफ्नो बाटो समात्छन् । त्यहि विश्वास जित्न सकेरनै यसरि अनुयायीहरु तिनको निरन्तर पछि लागिरहने हुन् ।

Post a Comment

 
Top