बाँझो छाडेको जग्गामा तरबुजा खेती
नुवाकोटका विभिन्न गाविसका किसानले बगर खेतमा कुनै पनि खेती गर्न सम्भव नदेखेर त्यसै बाँझो छाडेको जग्गामा तरबुजा खेती हुने देखेपछि त्यहाँका किसान उत्साहित भएका छन् । नदी किनारको जग्गा भए पनि बढी तापक्रम र नराम्रो माटोको कारण बाँझो छाडिएको जग्गामा तरबुजा खेती सप्रिएपछि अहिले बाँझो बगर नै किसानका लागि वरदान भएको हो । नुवाकोटका चौघडा, खानीगाउँ, कविलास र रातमाटे गाविसका नदी किनारमा झन्डै तीन दर्जन किसानका बाँझो बगर अहिले तरबुजा खेतीले हराभरा भएका छन् ।
गर्मी तथा उष्ण हावापानी भएका क्षेत्रमा हुने तरबुजा खेतीका लागि लघु उद्यम विकास कार्यक्रम नामक संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक तथा व्यावसायिक विकास प्रवर्द्धन समाज नुवाकोटले किसानलाई निःशुल्क बिउबिजन, तालिम र प्रविधि उपलब्ध गराएको छ । एउटै तरबुजाको तौल पाँचदेखि सात किलोसम्म हुने गरेको र भने उत्पादित तरबुजा प्रतिकिलो ३५ रुपैयाँसम्ममा बिक्री हुने उनीहरु बताउँछन् ।

Post a Comment