0
अव गोरु होइन,पावरटिलर


featuredimg/973powertiller.jpg
सडक सुविधा पुगेका काभ्रेका अधिकांश गाउँका किसान अहिले आधुनिक कृषि प्रणालीतर्फ आकर्षित भएका छन् । पुरानो प्रणालीबाट सोचेजस्तो आम्दानी लिन नसकेपछि उनीहरु अहिले कृषिमा आधुनिक प्रविधि अपनाउन थालेका हुन् । विशेषगरी पाँचखाल, कुन्तावेंसी राम्चेवेंसी, ढाइटार, ज्वानेटार र जोगिटार लगायत स्थानका किसानले गोरु जोत्न छाडेर पावरटिलर प्रयोग गर्न थालेको १० वर्ष भइसक्यो । यो प्रविधिको प्रयोग गर्न थालेपछि पहिलेभन्दा राम्रो उत्पादन हुन थालेको किसानको अनुभव छ । नयाँ जातका बालीहरु लगाउँदै आएका किसानले खेतबारी खनजोत गर्न गोरु छाड्दै पावर टिलरको प्रयोग गर्न थालेका हुन् । 

गोरु प्रयोग आधुनिक कृषि प्रणालीका लागि झण्जटिलो भएको र पावरटिलरको प्रयोगबाट उत्पादन वढ्ने हुँदा गोरुको प्रयोग छाड्नु परेको राम्चेवेंसीका किसान काशीनाथ न्यौपाने बताउँछन् । यस भेगमा उनीजस्ता धेरै किसानले आधुनिक कृषि प्रणाली अपनाउन थालेका छन् । पुरानो प्रविधीबाट खेती गर्दा कम उत्पादन हुन्थ्यो , वढ्दो जनसंख्यालाई यसले धान्न सक्ने अवस्था पनि थिएन । ’ न्यौपाने भन्छन्–“ त्यसैले हामी कृषिमा नयाँ प्रयोगहरु गर्दै आइरहेका छौं ।”काभ्रेको मण्डन भेगका अर्का किसान कृष्णप्रसाद नेपाल ७ वर्ष अघिसम्म घरमा २ हल गोरु पाल्थे । तर, अहिले उनको खेती गर्ने शैलीमा पुरै परिवर्तन भएको छ । गोरु बेचेर पावरटिलरको खरिद गरेपछि आफ्नो मात्र नभएर अरुको पनि खेती गर्ने शैलीमा परिवर्तन भएको नेपालको अनुभव छ । ‘गाउँमा गोरु पाल्ने कृषकहरु भेट्न मुस्किल छ ।’ भन्छन् –“गोरु पालेर वर्षभरिको झन्जट बेहोर्नुभन्दा पावर टिलर नै सजिलो भएपछि अहिले यसतर्फ धेरैको आर्कषण वढेको छ ।” तर, कृषि सामग्री खरिदका लागि सरकारले किसानलाई सरकारले सहयोग गर्ने भनिए पनि यहाँका किसान यसबाट बञ्चित छन् ।

Post a Comment

 
Top