पूर्बी पहाडमा क्लवरुटको संक्रमण
किसानले लगाएको वन्दा, काउली, रायो, व्रोकाउली, तोरी, चम्सुर, सलगम लगायतका बालीमा महामारीका रुपमा यो रोग फैलिएको थियो । बाली हुर्किएर आम्दानी लिने समयमा यो रोगले जरामा आक्रमण गर्ने किसानको गुनासो छ । यस वर्षमात्र यो रोगले तरकारी बालीमा ५० प्रतिशतभन्दा वढी क्षति पुर्याएको परेवादिन– ६ धनकुटाका किसान खड्ग पौडेलले वताए । फाइदा लिने समयमा यो रोगले आक्रमण गर्छ । उनले भने – यो रोगकै कारण वर्षेनि लाखौं नोक्सान भइरहेको छ ।’ डेढ दशकअघि काठमाडौं उपत्यकाका किसानले लगाएको तरकारी बलीमा देखा परेको यो रोग विस्तारै मकवानपुरको पालुङ, दामन, काभ्रे, चितवन, धादिङ, नुवाकोट लगायतका जिल्ला हुँदै अहिले पूर्बी पहाडका जिल्लामा लगाइएको तरकारी बालीका फैलिएको नार्कको बाली रोग विज्ञान महाशाखाका प्रमुख वरिष्ठ वैज्ञानिक डा. वैद्यनाथ महतोले बताए । अम्लीय माटोमा रोगको प्रकोप बढी हुने र काउली, वन्दा, रायो लगायतका तरकारी बालीमा क्षति पुर्याएको डा. महतोले बताए । बोटको मुल र सहायक जरामा गाँठा वा डल्ला देखिने, विस्तारै एक प्रकारको ढुसी देखापर्ने र अन्त्यमा जरा, डाँठ हुँदै फल र पात नै कुहिने यो रोगको प्रमुख लक्षण हो । क्लवरुटको जीवाणूले बालीमा प्रवेश पाएको तीन हप्तापछि मात्र जरामा गाँठाह देखापर्ने कृषि विशेषज्ञहरुको भनाइ छ । डेढ दशकको अवधिमा नेपालभर महामारीको रुपमा फैलिएको यो रोगको व्यवस्थापन, निधान, रोग लाग्नुको कारण, उपचार विधि, बाली चक्रप्रणाली लगायतका विषयमा किसानको वारीमै आएर नार्कका बाली रोग विज्ञान महाशाखाका प्रमुख महतो नेतृत्वको कृषि वैज्ञानिकको टोलीले अध्ययन गरेको थियो । अनुसन्धानका क्रममा यहाँको वन्दामा क्लवरुट (गाँठे रोग), खटिरे, स्कोलोटेनिया, अल्टनेरियाव्रासोकी कोला लगायतका रोगको लक्षणसमेत देखिएको वैज्ञानिकहरुले बताएका छन् । गत असोज कात्तिक महिनामा पनि यहाँको तरकारी बालीमा देखिएको रोगबारे कृषि अनुसन्धान केन्द्र पाख्रिवास धनकुटाले अध्ययन गरेको थियो । किसानले बालीको व्यवस्थापन नगरेको, समयमा रोगको उपचार नगरेको, वीउ र मलमा ध्यान नदिएको, एकै स्थानमा लामो समयसम्म एउटै बाली लगाएको, रोगी स्थानका विरुवा तथा मल र माटो अर्को स्थानमा ओसारपसार गर्नेजस्ता कारणले यो रोग फैलिएको नार्कको बाली रोग विज्ञान महाशाखाका वरिष्ठ वैज्ञानिक डा.रामदेवी तिमिलाले वताइन् । प्लाज्मोडिवफोरा व्रासिकी नामक ढुसीको आक्रमणबाट यो रोग तरकारी बालीमा सर्ने र माटोमा यो ढुसी वर्षौसम्म रहने गरेको उनले वताइन् । तरकारी खेती गर्ने माटोको अम्लीयपन ७.२ सम्म भएमा यो रोगले कम आक्रमण गर्ने भएकाले त्यसका लागि माटोमा कृषि चुन प्रयोग गर्नु उपयुक्त हुने कृषि वैज्ञानिकहरुको सुझाव छ । यो रोगले धनकुटाको मारेककटहरे, मुर्तिढुंगा, तामाफोक, परेवादिन, फुलेक र तेह्रथुमको वसन्तपुर, आङ्दीम, सुङनाम, हमरजुङ, लगायतका गाविसका किसानले रोपेको वन्दा, काउली, रायो, तोरी लगायतका वालीमा क्षति पुर्याएको छ । धनकुटाको सिंधुवादेखि तेह्रथुम र संखुवासभाका केही गाविसका किसानले रोपेको वन्दामा विगत दुई वर्षयता यो रोगको प्रकोप फैलिएको कृषि विशेषज्ञको भनाइ छ । लामो समयसम्म एउटै माटोमा एकै प्रकारको बाली लगाएकाले माटोमा रोगका जीवाणु अत्यधिक रुपमा बढेको महाशाखा प्रमुख डा.महतोको भनाइ छ । रोग नियन्त्रणका लागि बाली व्यवस्थापन गर्नु जरुरी रहेको उनले किसानलाई सुझाव दिए । विक्री गर्ने सिजनको वन्दा, काउली र रायोमा यो रोगको प्रकोप फैलिदा गत वर्ष ६ लाख रुपैयाँभन्दा बढी नोक्सान भएको धनकुटा मुर्तिढुंगाका किसान जगतवहादुर काफ्लेले बताए । ४० रोपनी वारीमा लगाएको सवै तरकारी यही रोगका कारण कुहियो– उनले दु M खेसो पोखे । गत वर्ष उनले यतl नै वारीमा रोपेको वन्दा विक्री गरेर ७ लाख ५० हजार रुपैयाँ आम्दानी गरेका थिए । रोग प्रभावित क्षेत्रका किसानको बारीमै पुगेर अध्ययन अनुसन्धान गरिरहेको कृषि वैज्ञानिकहरुको टोलीले किसानलाई रोग अवरोधक तरकारीका जात लगाउन सुझाव दिएको छ । काउलीको ल्काप्टन ए, ल्काप्टन बी, वन्दाको टेकिला र किलाहर्ब जस्ता हाईव्रिड जात गाँठे रोग अवरोधक पाइएकाले यिनै जात लगाउन किसानलाई सुझाव दिएको महाशाखा प्रमुख डा.महतोले वताए ।
तेह्रथुम र संखुवासभाका किसानले लगाएको तरकारी वालीमा महामारीको रुपमा फैलिएको रोग क्लवरुट (गाँठे रोग) रहेको अनुसन्धानबट पत्ता लागेको छ । यहाँको तरकारी बालीमा प्रत्येक वर्ष यो रोगको प्रकोप देखा पर्न थालेपछि नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले गरेको अध्ययनबाट क्लवरुट पुष्टि भएको हो । मौषमी र वेमौषमी तरकारी बालीमा फैलिएको यो रोगका कारण किसानले ठुलो नोक्सानी व्यहोर्नु परेपछि नार्कअन्तर्गत बाली रोग विज्ञान महाशाखाले दुई महिना अघिदेखि किसानका बारीमै पुगेर अध्ययन अनुसन्धान गरेको थियो ।

Post a Comment