0
चौंरीमा अनौठो रोग

दोलखाको उत्तरी क्षेत्रमा पालिएका चौँरीमा अनौठो रोगको सङ्क्रमण देखिएपछि किसानहरु चिन्तित बनेका छन्। चँखु, मार्वु, सुरी, जिरी, माली र स्यामा क्षेत्रमा किसानले पालेका चौँरीको थुनमा फोका आउने, सुन्निने र छाला गएर घाउ हुने समस्या देखिएको छ । यो समस्याबाट एक सयभन्दा बढी चौँरी बिरामी परेपछि जिल्ला पशुसेवा कार्यालयको टोली औषधिसहित उपचारका लागि चौँरी गोठतिर खटिएका छन् ।

कार्यालयका निमित्त प्रमुख डा रामचन्द्र सापकोटाले एक सयभन्दा बढी चौँरी बिरामी परेको खबर आएपछि सम्बन्धित सेवा केन्द्रबाट औषधिसहितको पशुस्वास्थ्य प्राविधिकको टोली खटाइएको जानकारी दिए।थुनमा घाउ हुने र पाक्ने भएपछि दूध दुहुनसमेत समस्या भएको किसानहरुको गुनासो छ। ढुसीको सङ्क्रमणका कारण चौँरीहरु बिरामी परेको हुनसक्ने पशुसेवा कार्यालयको प्रारम्भिक अनुमान छ।

Post a Comment

 
Top