0


सबैभन्दा उत्तम गड्यौले मल
पाख्रिबासस्थित कृषि अनुसन्धान केन्द्रले गड्यौला मल जुनसुकै बालीनालीमा प्रयोग गर्न उपयुक्त हुने भन्दै किसानलाई वितरण गर्न कृषि सेवा केन्द्रहरुलाई सिफारिस गरेको छ । तीन बर्ष लगाएर गरिएको परीक्षणपछि अनुसन्धान केन्द्रले गड्यौला मलमा नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा अन्य मलमा भन्दा ८० देखि एक सय २५ प्रतिशतले बढी हुने पत्ता लगाएको छ ।

यो मलमा एम पी एच तत्वको मात्रा बढी हुने भएकाले दीर्घकालीन रुपमा माटोको अम्लीयपना सन्तुलित बनाउने र सूक्ष्म तत्वका साथै मित्र जीवाणु पर्याप्त मात्रामा हुने भएकाले बिरुवामा रोग कीराको आक्रमण पनि कम हुने अनुसन्धानमा संलग्न कृषि वैज्ञानिकहरुले जानकारी दिएका छन् ।गड्यौलाका तीन हजार प्रजातिमध्ये आईसिना फोटिडा, ईयुड्रिलन ईजुजिनी र पेरियोनिक्स एक्सकैटिक्स नामका तीन प्रजातिलाई मल बनाउन प्रयोग गर्न सकिने बताइएको छ । अनुसन्धान केन्द्रले फरक फरक भौगोलिक वातावरण र हावापानी भएको स्थानमा फोहोरमैला, सडेगलेका बस्तु, घाँस, भकारो, गोबरग्यासको मल, भान्छा आदिबाट निस्कने फोहोर खुवाएर गड्यौला मलको परीक्षण गरेको थियो ।

Post a Comment

 
Top