खाना खान प्लेटको ठाउँमा शरीर
तपाईलाई यो कुरा सुनेर कस्तो लाग्न सक्छ, जब कसैले रेस्टुरेन्टमा प्लेटको ठाउँमा पुरुष अथवा महिला राखिदियो भने! त्यो पनि खुला शरीरमा विभिन्न परिकारहरू!! यस रेस्टुरेन्टमा मान्छेको शरीरमा भोजन तथा डिस्कहरू खान दिइन्छ र मानिसहरू खुसी हुँदै खाने गर्दछन्। यो रेस्टुरेन्ट हो जापानको न्योताईमोरी। जापानका मानिसहरूमा साशिमी अथवा सुशि डिसलाई एकदमै राम्रो मानिन्छ। यसलाई पुरुष तथा महिलाको शरीरमा पस्किएर खान दिइन्छ। यहाँ पहिला पुरुष अथवा महिलालाई नाङ्गो रुपमा टेबुलमा सुताइन्छ अनि शरीरमाथि सुशि अथवा साशिमीलाई पस्किने गरिन्छ। यस रेस्टुरेन्टमा खाना खानाका लागि युवाहरूका साथसाथै परिवारहरू पनि आउने गर्दछन्। खाना पस्कनु भन्दा अगाडि त्यस्ता पुरुष तथा महिलालाई प्लेटको रुपमा पहिले तयार गरिन्छ। विशेषप्रकारको सुगन्ध सहितको साबुनले नुहाएरमात्र यिनीहरूको शरीरमाथि सुशि डिसलाई राख्ने गरिन्छ। यसका लागि ती पुरुष तथा महिलाहरूलाई धेरै समयसम्म प्रशिक्षण दिइएको हुन्छ, जसका कारण उनीहरू केहीसमयसम्म शरीरमाथि डिस्क राखेर बस्न सक्छ।
Post a Comment