मेस्सी अझै 2 वर्ष उत्कृस्ट हुने
ब्राजिलियन रास्ट्रीय फुटबल कोच फिलिप स्कोलारीको अनुमान अनुसार अर्जेन्टिनी फुटबल स्तर लियोनल मेस्सी अझै आउदो २ वर्ष संसारका सबै भन्दा उत्कृस्ट हुने बताएका छन ।
यसभन्दा पहिले उनले लगातार ४ पटक यो बिस्व उत्कृस्ट वर्ष खेलाडी भैसकेका छन र यी २६ वर्षीय खेलाडी मेस्सी बाट अझै आउदा दिनहरुमा अझै उत्कृस्ट खेलहरु आउनेमा उनको बिस्वास रहेको छ । " मलाई लाग्छ कि, मेस्सी अझै २ वर्ष वा त्यो भन्दा बढी वर्ष उत्कृस्ट खेलाडी हुने छन" उनले जर्मनको फुटबल एसोसिएसनको अफिसियल वेवसाइट संग भने ।
उनले थपे, मेस्सी केवल टिमका लागि मात्र खेल्दैनन उनीसँग अदभुत व्यक्तिगत स्कील छ, उनले पुरै खेलको निर्यण उनि आफैले र उनमा भएको शक्तिले गर्न सक्ने बताए । ब्राजिलियन कोचले ब्राजिलका युवा खेलाडी नेय्मार वार्सिलोनाबाट धेरै सफल हासिल गर्ने कुराको दावी गरे । अहिले वार्सिलोनामा आवद्द नेय्मारले आफ्नो व्यक्तिगत शक्ति र आफ्नो खेल्ने शैलीबाट उनले आफुलाई व्यक्तिगत पहिचान मेस्सीको जस्तो बनाउन सक्ने कुरा बताए । नेय्मारको पहिलो वर्ष स्पेन क्लबबाट सिक्ने र आफुलाई नया शैलीमा ढाल्ने नै मुख्य कुरा रहनेछ । उनि धेरै कुरा सिक्न तयार रहेको र ब्राजिल भन्दा निकै हाइ लेवलको खेल उनि स्पेन लिग र च्याप्मियोन लिगमा खेल्ने छन । उनको वार्सिलोना क्लबकाइ लागि पहिलो अफिसियल खेल अगस्ट १८ मा लेभान्टे संग हुने छ ।

Post a Comment