आजबाट प्रत्यक्षतर्फको मत्रपत्र छापि
असोज २९ –
निर्वाचन आयोगले मंसिर ४ गते हुने सविधानसभा चुनावको लागि मंगलबारदेखि प्रत्यक्ष तर्फको मतपत्र छपाईको काम सुरु गर्ने भएको छ ।
जनक शिक्षा सामाग्री केन्द्र मतपत्र छपाईको काम गरिरहेको छ । समानुपातिकको मतपत्र छाप्ने काम सकिन लागेकोले मंगलबारदेखि प्रत्यक्ष तर्फको पनि छपाई सुरु हुने आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिनुभयो । दशैंको बिदाको समयमा पनि मतपत्र छपाईको काम भैरहेको छ ।
सोमबार टिकाको दिन मात्रै काम रोखिएको प्रवक्ता राईले जानकारी दिनुभयो । समानुपातिकको लागि झण्डै १ करोड मतपत्र छापिइसकेको छ । प्रत्यक्ष र समानुपातिक गरि झण्डै ३ करोड मतपत्र छापिने उहाँले जानकारी दिनुभयो ।
आयोगले समानुपातिक निर्वाचनका लागि हल्का रातो र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात प्रत्यक्षका लागि नीलो गरी दुई रङका मतपत्र छाप्दै छ । प्रत्यक्ष तर्फका मतपत्र २ सय ४० थरीकै हुनेछन् ।
प्रत्येक निर्वाचन क्षेत्रमा उमेदवारको संख्या फरकफरक भएकोले मतपत्र पनि त्यहि अनुसार हुने राईले बताउनुभयो । संविधानसभा चुनावको २ सय ४० निर्वाचन क्षेत्रमा झण्डै ६ हजारले उम्मेदवारी दिएका छन । मतपत्र छपाईको काम एकहप्ता भित्र सकिने उहाँले बताउनुभयो ।
Post a Comment