0

सुशीलका बागी बिकास भन्छन्- उमेद्वारी कुनै हालतमा फिर्ता लिन्न

कोइरालालाई हराएर छाड्ने दावी

बिजय चालिसे
२१ असोज, 
 नेपाली काँग्रेसका सभापति शुशिल कोइरालाबिरुद्ध चितवन क्षेत्र नम्बर ४ मा उम्मेदवारी दिनुभएका विकास कोइरालाले कुनै हालतमा उम्मेदवारी फिर्ता नलिने बताउनुभएको छ । पार्टीको केन्द्रीय र जिल्ला नेतृत्वले उम्मेदवारी फिर्ता लिन पटक-पटक दवाव दिए पनि कोईरालाले आफुले उम्मेदवारी फिर्ता नलिने अडान लिनुभएको छ ।bikas
अनलाइनखबरसँगको कुराकानीमा कोइरालाले भन्नुभयो-’म स्वतन्त्र उम्मेदवार हुँ, कसैंको दवावमा उम्मेदवारी फिर्ता लिनुपर्छ भन्ने छैंन ।’ आफुले आम कार्यकर्ताको भावना अनुरुप उम्मेदवारी दिएकाले फिर्ता नहुने उहाँले जानकारी दिनुभयो । उनले आफुले पार्टी केन्द्रीय सभापति कोईरालालाई हराएर देखाउने समेत उनले दावी गर्नुभयो ।
नेपाली काँग्रेसको संसदीय बोर्डले चितवन क्षेत्र नम्बर ३ को उम्मेदवारको रुपमा कोईरालाको नाम लिष्टमा पारे पनि अन्तिम समयमा आएर पुराना नेता भिमबहादुर श्रेष्ठलाई टिकट दिएपछि विकास रुष्ट बन्नुभएको थियो । विकासले आफ्नै केन्द्रीय सभापति शुशिल कोइरालाबिरुद्ध उम्मेदवारी दिएपछि यसले देशभर चर्चा पाएको छ । विकास चितवन काग्रेसका निवर्तमान सभापति हुनुहुन्छ ।
‘मैंले फिर्ता लिने गरेर उम्मेदवारी दिएकैं हैन ।’कोइरालाले भन्नुभयो-’म कसैको दवावमा पर्दिन पनि ।’ आम युवाहरुको चाहाना र भावनाअनुरुप आफ्नो उम्मेदवारी आएको विकासको भनाई छ । उहाँले भन्नुभयो-’पार्टीको नेतृत्वले सधैं म माथी अन्याय गरिरहेको छ । कार्यकर्ताको भावना बुझ्न नसक्ने नेतृत्वले अहिले दवाव दिनुको कुनैं औंचित्य छैंन ।’
पार्टीभित्र काम गर्न खोज्नेलाई पछि पार्ने प्रवृती हावी भएको कोइरालाको आरोप छ । उनले भने-’ काँग्रेस भित्रका राजामहाराजहरु कै कारण पार्टी यो अबस्थामा आईपुगेको हो । केन्द्रीय नेताहरुले आफ्ना आसेपासे र नातेदारहरुलाई मात्र टिकट दिएकाले म जस्ता सयौं कार्यकर्ता अन्यायमा परेका हौं ।’
आफ्नो उम्मेदवारी कुनै हालतमा फिर्ता नहुने र आफु निर्वाचनमा विजयी समेत हुने उहाँको दावी छ ।आफुलाई रोक्न कै लागि पार्टी सभापति कोईरालालाई चितवन ल्याईएको भन्दै उहाँले क्षेत्र नम्बर ४ का नागरिकको समस्या र अपेक्षा पार्टी सभापति कोईरालाले बुझ्न नसक्ने बताउनुभयो । ‘पार्टी भनेको सिद्धान्त र बिचार हो, पार्टी कसैंको पेवा होइन’ कोईरालाको भनाई थियो । आफुमा स्वतन्त्र ढङ्गले चुनाव लड्न पाउने अधिकार सुरक्षित रुहेको भन्दैं कोइरालाले कुनैं दवावले आफुलाई असर नपार्ने बताउनुभयो ।
बिकासको उम्मेदवारीले पार्टीका केन्द्रीय सभापति कोईरालालाई नै असर पार्ने भएपछि अहिले काँग्रेस वृतमा यो बिषयले खैंलाबैला मच्चाएको छ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ता लिने अन्तिम समय भोलिसम्म भएपनि विकासले फिर्ता लिने कुनैं सम्भावना नदेखाएपछि पार्टी केन्द्रीय सभापति कोईराला नै अप्ठेरोमा पर्नुभएको छ ।
नेपाली काग्रेस चितवनको ११ औं महाधिवेशनबाट अपत्यारिलो ढङ्गले चितवन काग्रेसको सभापतिमा विजय भए पनि विकासलाई २ बर्षपछि कार्यकर्ताको संरक्षण गर्न नसकेको तथा चितवन काग्रेसमा चरम असन्तुष्टी देखिएको भन्दैं बर्खास्त गरिएको थियो । त्यसपछि भएको अधिवेशनमा विकास बर्तमान सभापति टेकप्रसाद गुरुङ्गसँग पराजित हुनुभएको थियो ।

Post a Comment

 
Top