0
सदस्यता वितरणमा पक्षपात गरेको भन्दै पत्रकार महासंघ घेराऊ
काठमाडौं÷नेपाल पत्रकार महासंघले सदस्यता वितरणमा पक्षपात गरेको भन्दै आधा दर्जन बढि संघ संस्थाले पत्रकार महासंघ घेराऊ गरेका छन् । प्रेस चौतारी सम्बद्ध पत्रकारलाई मात्र सदस्यता बाँढिएको भन्दै महिला संचार समूह, पत्रकार सुरक्षा समूह, मधेशी पत्रकार समाज लगायतका आधा दर्जन बढि पत्रकारले कालो पट्टि बाँधेर महासंघ केन्द्रीय कार्यालय, सञ्चारग्राममा धर्ना दिए । उनीहरूले महासंघको पक्षपातपूर्ण क्रियाकलापको विरोध गर्दै ज्ञापन–पत्र समेत बुझाएका छन् । धर्नामा सहभागी नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाका पूर्व सभापति युवराज विद्रोहीले महासंघमा चरम् एमालेकरण गरिएको भन्दै यही प्रक्रिया रही रहे अन्य पत्रकारहरू महासंघमा बसिरहनुको औचित्य नहुने बताए । ‘मूलधार’सँग कुरा गर्दै पूर्व शाखा सभापति विद्रोहीले दबाबका माध्यमबाट महासंघलाई सही ठाउँमा ल्याउन प्रयत्न गरिने बताए । धर्नामा सयौँ क्रियाशिल पत्रकारहरू सहभागी छन् ।

Post a Comment

 
Top