0

दुवईमा दुई वर्षदेखि अलपत्र दुई नेपाली स्वदेश फर्किए

 – संयुक्त अरब इमिरेट्सको दुबईमा दुई वर्षदेखि अलपत्र परेका दुई नेपाली स्वदेश फर्किएका छन् ।

दुबइर्मा अलपत्र परेका झापा गौरीगञ्जका वेदप्रसाद तिमील्सिना र दीपक आचार्य गएको शनिबार नेपाल फर्किएका हुन । उनीहरु आफ्नो राहदानी अरुलाई गलत प्रयोजनका लागि दिएको आरोपमा मुद्दा लागेपछि दुवईमा अलपत्र परेका थिए ।
आफ्नो कम्पनीको मालिक जेलमा परेपछि छुटाउन कम्पनीमा कार्यरत चार नेपालीले राहदानी जमानतमा राख्न हस्ताक्षर गरेर दिएका थिए ।
मालिकको रिहाइपछि आफूहरुलाई राम्रो होला भनेर राहदानी बुझाएर सहयोग गरेका उनीहरु आफ्नो राहदानी अरुलाई गलत प्रयोजनका लागि दिएको आरोपमा दुबइ अदालतमा मुद्दा परेपछि उनीहरु दुई वर्ष यता नेपाल फर्किन सकेका थिएनन् ।
अलपत्र मध्य वेदप्रशाद ९ वर्षदेखी सोही कम्पनीमा कार्यरत रहेको युएईबाट उमाकान्त पाण्डेले जानकारी दिनुभयो ।

Post a Comment

 
Top