समानुपातिकतर्फका उम्मेदवारको बन्द सूचि संशोधनको समय
असोज ३० -
निर्वाचन आयोगले राजनीतिक दलहरुलाई समानुपातिकतर्फका उम्मेदवारको बन्द सूचि संसोधनका लागि समय उपलब्ध गराएको छ ।
मंसिर ४ गते हुने संविधानसभा चुनावका लागि दलहरुले समानुपातिकतर्फका उम्मेदवारको बुधबारदेखि बन्दसूची संशोधन गर्न पाउने भएका हुन् ।
आयोगले राजनीतिक दलहरुलाई असोज १८ गते बुझाएको समानुपातिक तर्फको बन्दसूचिको नामावलीमा संशोधन गरेर अन्तिम नामावली बुझाउन कार्तिक ५ गते सम्मको समय उपलब्ध गराएको हो ।
आयोगको कार्यतालिका अनुसार यसअघि बुझाएको नामावलीमा हेरफेर गर्न चाहने दलले हेरफेर गरेर कात्तिक ५ गते सम्म निर्वाचन आयोगमा बुझाउनु पर्ने आयोगका प्रवक्ता वीर वहादुर राईले जानकारी दिनुभयो । समानुपातिक निर्वाचनमा भाग लिन १ सय २२ दलले बन्द सूचि पेश गरेका छन् ।
समानुपातिक तर्फको मतपत्र छपाई आधा सकियो
निर्वाचन आयोगले मंसिर ४ गते हुने चुनावमा समानुपातिक तर्फका उम्मेदवारका लागि आधा मतपत्र छापिइसकेको जनाएको छ । प्रत्यक्षतर्फका लागि पनि मंगलबारदेखि मतपत्र छाप्न सुरु भएको छ । पत्यक्ष र समानुपातिक तर्फ गरी झण्डै तीन करोड मतपत्र छाप्नु पर्ने हुन्छ । कात्तिक २२ गते भित्र सबै मतपत्र छापिइसक्ने निर्वाचन आयोगले जनाएको छ । मतपत्र छपाईको काम जनक शिक्षा सामाग्री केन्द्रले गरिरहेको हो ।
Post a Comment