0

३ महिना बिदेश भ्रमणमा ३ करोड खर्च

३ महिना बिदेश भ्रमणमा ३ करोड खर्च
कार्तिक ८
, चालू आर्थिक वर्ष ०७०/७१ को तीन महिनामा विशिष्ट व्यक्ति (भिआइपी) को विदेश भ्रमणमा राज्यको ढुकुटीबाट तीन करोडभन्दा बढी रकम खर्च भएको छ । अर्थ मन्त्रालयको विवरणअनुसार मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदा सबैभन्दा बढी खर्च भएको छ ।
आजको नयाँ पत्रिकामा प्रकाशित एक समाचार अनुसार उपराष्ट्रपति परमानन्द झाको चीन, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको अमेरिका भ्रमणदेखि भारतीय विदेशमन्त्री सलमान खुर्सिदको नेपाल भ्रमणमा राज्यकोषबाट ३ करोड १३ लाख ६४ हजार रुपैयाँ खर्च भएको छ ।
 
उपराष्ट्रपति झा, अध्यक्ष रेग्मी, भारतीय विदेशमन्त्रीलगायतको भ्रमणमा लागेको खर्चवापत अर्थ मन्त्रालयले असोज सम्ममा १ करोड ८३ लाख ८३ हजार ४ सय ४३ रुपैयाँ निकासा गरेको थियो ।
 
उता, १५ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्क गएका अध्यक्ष रेग्मीको भ्रमणमा राज्यकोषबाट १ करोड ७० लाख २९ हजार चारसय ८२ रुपैयाँ खर्च भएको छ । सो रकम अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई निकासा गरेको कुरा समाचारमा उल्लेख गरिएको छ ।

Post a Comment

 
Top