एमाले नेता महम्मुद आलममाथि गोली प्रहार
,१८ असोजः
नेकपा एमालेका संविधान सभा उम्मेदवार महम्मुद आलमलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । आलमलाई बाराको लिपनीबिर्ता परवानीपुरस्थित चाबोसती खाद्य मिल नजिकै अपरिचित व्यक्तिले बिहान करिब ११ बजे नजिकैबाट गोली प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । घटनाको करिब आधा घण्टापछि प्रहरीले अपराधी पक्राउ गर्न भन्दै बारा र पर्साको सीमा क्षेत्रमा नाकामा कडाइ गर्न प्रहरीलाई निर्देशन दिइएको छ । आलमलाई एमालेले बारा क्षेत्र नम्बर ४ बाट संविधान सभा निर्वाचनमा उम्मेदवार बनाएको थियो । उनको स्थानमा रामचन्द्र प्यासी कुशवाहाले पनि टिकटको दाबेदारी गरेका थिए ।
Post a Comment