0
बारा क्षेत्र नं ४ का एमाले उम्मेद्वार महमुद आलममाथि अज्ञात समूहले केहीबेरअघि गोली प्रहार गरेको छ ।
आलमलाई चुनाव प्रचारका क्रममा केडिया आँखा अस्पतालको ५ सय मिटर उत्तरतिर भारतीय मोटरसाइकलमा सवार २ व्यक्तिले टाउकोमा गोली प्रहार गरेका थिए । निधारमा गोली लागेका उनको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
आलमको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

Post a Comment

 
Top