फेसबुकमा चुनाब
सिन्धुपाल्चोक- सामाजिक सञ्जाल फेसबुकलाई विचार तथा भावना साटासाट गर्ने साझा मञ्च मानिन्छ। यही मञ्चलाई आशन्न संविधानसभा निर्वाचनका उम्मेदवारले चुनावी प्रचार गर्ने र भोट माग्ने प्रमुख माध्यम बनाएका छन्।एकीकृत माओवादी, एमाले, कांग्रेस र राप्रपाका उम्मेदवार, नेता, कार्यकर्ताका फेसबुक पेज चुनावी प्रचार र सामग्रीले भरिएका छन्। सामाजिक सञ्जाल मार्फत उनीहरुले भोट मात्र मागेका छैनन्, आफूले जित्नुपर्ने कारण, जित्ने आधार, पार्टीका भावी कार्यक्रम र नीतिको दलिल पनि प्रस्तुत गरेका छन्।
गत असोज १७ गते मनोनयनपत्र दर्ता गरेपछि एकीकृत माओवादीका क्षेत्र नं १ का उम्मेदवार सरल सहयात्रीले स्टाटस लेखे, 'सदरमुकाम चौतारामा भव्य र्यालीसहित क्षेत्र नं. २ बाट अग्नि सापकोटा, ३ बाट बिलबहादुर सायमाझीको साथमा १ बाट मेरो मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको छ।' मनोनयन दर्ताको केही घण्टापछि नै उनले आफ्नो उम्मेदवारीको प्रचार माध्यम फेसबुकलाई बनाए। स्टाटसको साथमा उनले उम्मेदवार र र्यालीसहितको दुईवटा तस्बिर पनि पोष्ट गरेका छन्। सरलले स्टाटसमा थपेका छन्, 'कार्यकर्ताको उत्साहमा विस्तारै जागरण आउन सुरु भयो। मलाइ विश्वास छ, यो जागरणको उत्कर्ष विजयको लागि महत्वपूर्ण कसी हो।'
त्यसो त कांग्रेस क्षेत्र नं. ३ का उम्मेदवार तारानाथ दाहाल फेसबुकका नियमित प्रयोगकर्ता हुन्। पत्रकार महासंघका पूर्वसभापति समेत रहेका उनले यसमार्फत सूचनाको हक सम्वन्धि सनसनीपूर्ण विचार प्रवाह गर्दै आएका छन्। सामाजिक सञ्जालको शक्ति बुझेका उनी आफैं चुनावी मैदानमा उत्रेपछि यसको भरपूर प्रयोगबाट पछि पर्ने कुरै भएन। केन्द्रमा टिकट वितरणको विषयलाई लिएर रस्साकस्सी चलिरहेका बेला उनले फेसबुक स्टाटस लेखेर आफूले टिकट पाएको छनकसहित प्रचार गर्न भ्याइसकेका थिए। गत मंगलबार दाहालले उनले लेखेका थिए, 'संविधान सभा र संसदको निर्वाचनमा जाने भइयो। सिन्धुपाल्चोक ३ का आदरणीय मतदाताले विश्वास र माया गरेर राष्ट्रिय जिम्मेवारी पूरा गर्ने दायित्व दिनु हुनेछ भन्ने आत्मविश्वास छ। सबै फेसबुक मित्रहरुको सद्भाव र सहयोगको अनुरोध छ।' उनलको यो स्टाटसलाई धेरैले रुचाएको पाइएको छ। यो स्टाटसले ५ सय २४ लाइक र ३ सय ३५ कमेन्ट पाएको छ।
कांग्रेसका दाहाल र एमाओवादीका सरल उदाहरण मात्र हुन्। चुनावी मैदानमा उत्रेका अरु उम्मेदवारको फेसबुक पेज हेर्ने हो भने पनि प्रसस्त चुनावी सामग्री र प्रचारले भरिएका छन्। अघिल्ला निर्वाचनमा उम्मेदवारबारे थाहा पाउन कार्यकर्ताले पोष्टर, पम्प्लेटमै निर्भर हुनु पर्थ्यो। रेडियो, टेलिभिजन र पत्रपत्रिकामा पहूँच हुनेले सिमितले मात्र यसमार्फत सूचना पाउँथे। सूचना र प्रविधिको क्षेत्रमा भएको विकासले पोष्टर, पम्प्लेटको तरिका पूरानो सावित भएको छ। पोष्टर, पम्प्लेट अब दूरदराज र फेसबुकमा पहूँच नहुनेका लागि मात्र सिमित बनेको छ। दोहोरो बहस चलाउन मात्र होइन खास(खास अभियान सञ्चालनका लागि पनि फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्चालन महत्वपूर्ण बन्दै गएका छन्। फेसबुकमा भरिएका संविधानसभा निर्वाचन प्रचारका सामग्री यसकै उदाहरण हो। फेसबुक खास गरी शिक्षित, इन्टरनेटमा पहूँच राख्ने बौद्धिक जमातमा विचार प्रवाह गर्ने बलियो माध्यम बनेको छ।
एमाओवादीका क्षेत्र नं १ का उम्मेदवार अग्नि सापकोटा, एमाले उम्मेदवारहरु अरुण नेपाल, सुभास कर्माचार्य, शेरबहादुर तामाङको पनि फेसबुक पेज सञ्चालनमा छन्। चुनावी प्रचारका लागि उनीहरुले यसको भरपुर सदुपयोग गरिरहेका छन्। 'एमाले क्षे नं. २ का उम्मेदवार सुभास कर्माचार्यलाई अत्यधिक बहुमतले जिताऔं,' प्रयोगकर्ता तथा दलित नेता रामहादुर सुनारले कर्माचार्यको फेसबुक पेजमा तस्बिर सेयर गरेका छन्। एमाओवादी प्रवक्ता तथा उम्मेदवार सापकोटाले शनिबार आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै दसैं, तिहार र छठ जस्ता चाडबाडको शुभकामनासहित भोट मागेका छन्।
'हाम्रो पार्टी एकीकृत नेकपा (माओवादी) ले एकपटक फेरि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट आगामी संविधानसभामा प्रतिनिधित्व गर्न जिम्मेवारी दिएको छ। म हाम्रो पार्टीका नेता, कार्यकर्ता, मतदाता, समर्थक, शुभचिन्तक एवम् आम जनसमुदायबाट विगतजस्तै सहयोग र सल्लाहको लागि अपिल गर्छु।' समावेशी, समानुपातिक र सहभागितामूलक लोकतन्त्र, सामाजिक न्यायसहितको आथिर्क सम्बृद्धि, प्रगतिशील राष्ट्रवाद र स्थिर एवम् भ्रष्टाचारमूक्त सरकारका लागि एमाओवादीलाई मतदान गर्नुपर्ने दाबी गरेका छन्।
'सिस्नु साग खाइन्छ, एमालेमा भोट लाइन्छ' एमाले ३ नम्बरका उम्मेदबार शेरबहादुर तामाङले नमूनामतपत्रको तस्बिरसहितको स्टाटस सेयर गरेका छन्। उनले अर्को स्टाटस लेख्दै भनेका छन्, 'चुनावी व्यस्तताका कारणले ती शुभकामना र सुझावहरु उपर प्रत्यÔ प्रतिक्रिया जनाउन असमर्थ छु। देश निर्माणको काम एक्लैले गर्न सक्ने काम होइन, यसका लागि तपाईं सम्पूर्ण महानुभावहरुको साथ र सहयोग अपरिहार्य छ। तपाईंहरुको व्यक्तिगत र सामूहिक प्रयासबाट नै यो सम्भव हुन्छ। त्यसैले नेकपा (एमाले)को सम्पूर्ण उम्मेदवारहरुलाई विजयी गराउन यहा“को महत्वपूर्ण भूमिका रहनेछ भन्ने विश्वास व्यक्त गर्दछु।'
तस्बिर र स्टाटसमार्फत चुनावी प्रचार मात्र होइन, नेता, कार्यकर्ता र सुभेच्छुकको शुभकामना सन्देशले पनि उम्मेदवारका फेसबुक पेज भरिएका देखिन्छन्। नेता, कार्यकर्ता र सुभेच्छुक पनि आफ्नो पार्टी र उम्मेदवारको प्रचार गर्दै फेसबुकमार्फत भोट माग्न ब्यस्त देखिन्छन्। जनतमत सिजर्ना गर्ने माध्यम पनि बनिरहेको छ फेसबुक।

Post a Comment