0

धुरुधुरु रोए प्रचण्ड: शिर्ष नेताहरुलाई टेन्सन

 असोज, २१- 
संविधानसभा निर्वाचनमा प्रत्यक्ष तर्फ टिकट पाएका अधिकांश उम्मेदवार निर्वाचन प्रचार–प्रसारमा जिल्ला र क्षेत्र  पुगेपनि शिर्ष नेताहरुलाई भने बागी उम्मेदवार मनाउन पसिना नै कढ्नु परिरहेको छ ।
आफैलाई बागी उम्मेदवार खडा भएपछि प्रमुख राजनितिक दलका केही प्रभावशाली नेतालाई चुनावको प्रचार भन्दा पनि बागीलाई फिर्ता गराउनमै बढी ध्याउन्न छ ।
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त आँसु नै झारेर आइतबार रसुवाका बागी उम्मेदवारलाई फिर्ता हुन आग्रह गरेको कारोबार दैनिकको सोमबारको अंकमा जनाइएको छ ।
नेपाली कांग्रेसका सभापति सुशील् कोइरालाले विज्ञप्ति नै निकालेर बागी उम्मेदवारहरुलाई फिर्ता हुन आग्रह गरिसक्नुभएको छ । फेरि औपचारिक आग्रह गर्ने तयारी हुँदैछ ।
एकीकृत माओवादीमा पनि बागी फिर्ता गराउन प्रचण्ड ज्यान फालेर लागेका छन् ।
प्रचण्डले शनिबार, रसुवाका उम्मेदवा प्रेम तामाङ विरुद्ध उम्मेदवारी दिएका इन्द्र गोतामे सहितका नेताहरुलाई भेटेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । भेटमा सहभागी ताम्सालीङ राज्यसमिति सदस्य मेघनाथ घिमिरेले प्रचण्डले बागीलाई संझाउने क्रममा आँसुनै झारेको बताएका छन ।
नेपाली कांग्रेसका २९,एमाओवादीका ११ र नेकपा एमालेका ४ स्थानमा प्रभावशाली उम्मेदवार माथि बागी उम्मेदवारी छ ।

Post a Comment

 
Top