पाँच महिनादेखि बन्द बाटो सञ्चालनमा
कात्तिक १ –
पाँच महिनादेखि बन्द अवस्थामा रहेको सुर्खेतको वीरेन्द्रनगरदेखि जर्वुटा र रतु गाविसको सिमाना जिल्लानेसम्म जोड्ने सडक सञ्चालनमा आएको छ ।
नेवारेदेखि जिल्लाने बजारसम्म जोड्ने सम्पर्क मोटरबाटो गत वैशाखमा वर्षायाम सुरु भएसँगै बन्द भएको थियो । चाडपर्वमा नागरिकलाई आवतजावतमा सहज गराउन जर्वुटा गाविस– ५ दाहालडाँडाका नागरिकले मोटरबाटो निर्माण गरेका हुन् ।
छैसट्ठी जना स्थानीय नागरिकको सहभागितामा करिब १२ किलोमिटर मोटरबाटो मर्मत गरिएको स्थानीयवासीले बताएका छन् । पाँच महिनापछि दसँै, तिहारलाई दृष्टिगत गरी उक्त बाटोमा सवारी सञ्चालन गरिएको हो ।
Post a Comment