आज कोजाग्रत पूर्णिमा
– आज कोजाग्रत पुर्णिमा, दशै सकिँदैछ । यही असोज १९ गते घटस्थापना गरी सुरु भएको बडादसै कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा गरी बिसर्जन गरिँदैछ ।
सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी ‘को जागेको छ ?’ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई परिपूर्ण गरिदिने धार्मिक विश्वास छ ।
यही कारण आजराति खासगरी हिन्दु सम्प्रदायका गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गर्दछन् । दसैँको टीका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दसैघर र कोतहरूमा राखिएका जमरा आज बिसर्जन गरिन्छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने पनि गरिन्छ ।

Post a Comment