0
 ब्राउन सुगरसहित दुई युवा पक्राउ
  • सलमान खान
कात्तिक १ –
 रुपन्देहीको खुल्ला सिमा नाकाका कारण लागुऔषधको कारोबार बढ्दै गईरहेको अवस्थामा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएका प्रहरी टोलीले सिमा नाका बेलहिया ईलाकामा चेकजाँचको क्रममा लागुऔषध सहित दुई जना युवालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
लागु औषधमा ब्राउन सुगर ८ सय १० मिलीगा्रम र नाइट्रोसन १८ ट्याबलेट सहित जिल्ला रुपन्देही देवदह गाविस– ९ मा बस्ने २० वर्षीय संजय परियार र ८ सय ४० मिलीग्राम ब्राउन सुगर सहित बुटवल नगरपलिका– ९मा बस्ने १८ बर्षीय तिलक थापालाई पक्राउ गरेको लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाले जनाएको छ ।
प्रहरीको प्रारम्भीक अनुसन्धानबाट पक्राउ परेको परियार र थापाले भारतिय बजार सुनौलीमा रहेको समिर मेडिकल स्टोरबाट खरिद गरेको प्रहरीले जनाएको छ ।
यस अघि भारतिय बजार सुनौलीमा रहेको समिर मेडिकल स्टोर, किसान मेडिकल स्टोर र हिन्दुसन्तान मेडिकल स्टोरमा लागुऔषध ब्राउन सुगरको कारोबार मेडिकल स्टोरमा नहुने भए पनि अहिले केही महिना देखि यी मेडिकल स्टोरहरुमा पनि व्यापक रुपमा ब्राउन सुगरको कारोबार भइरहेको लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाका हवलदार प्रभु कोहार बताएका छन् ।
भारतिय बजार सुनौलीको कैलाशनगर (कालीमाई मन्दिर नजिकै) निवासी हबिब मुसलमान, विष्णु मधेशिया, शुभाष मधेशिया, सुरेन्द« मधेशिया, दिनेश लोध, चाची नामले चिनिने एक महिला, फरेनिया निवासी जलिल मुसलमान तथा नौतनवा बजार निवासी इस्तियाक मुसलमान, कविता यादव र रमा पासी लगायत अन्य व्यक्तिहरुले सुनौली र नौतनवामा भारतीय प्रहरीको संरक्षणमा खुलेआम ब्राउन सुगरको कारोबार गर्ने गरेको लागुऔषध प्रहरीको दावी रहेको छ ।
यी लागुऔषधका माफियाहरुले उक्त ब्राउन सुगर भारतको उत्तर प्रदेश राजधानी लखनउ नजिकै रहेको बाराबंकीबाट ल्याइ भारतिय बजार सुनौलीमा र नौतनवामा कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।
लागुऔषध ब्राउन सुगर तौलको रुपमा पाइने हुनाले कारोबारीहरुले बाराबंकी बाट ल्याउने ब्राउन सुगरमा मच्छर धुपको धुलो, गुलमंजन (दाँत सफा गर्ने) आदि इत्यादि यस्ता धुलो मिसावट गरी भारतिय बजार सुनौली र नौतनवामा विक्री वितरण गर्ने गरेको प्रहरीले बताएको छ ।
विभिन्न लागुऔषध सेवनकर्ता पक्राउ परे पनि मुख्य कारोबारी पक्राउ नपर्दा नेपालका युवा युवती लागुऔषधको कुलतमा फस्दै गइरहेको सरोकारवालाहरुले बताएका छन् ।
यसरी यी लागुऔषधका मुफियाहरुले खुलेआम ब्राउन सुगरको कारोबार गरीरहँदा पनि भारतिय प्रहरीले कनै चासो नदेखाएको कारण ब्राउन सुगरको कारोबार बढदै गइरहेको र उनीहरुलाई लागुऔषध सेवनकर्ता बनेर नेपाल बोलाउँदा पनि उनिहरु यता नआउनाले अहिले सम्म पक्राउ नपरेको लागुऔषधका प्रहरी बुद्घिसागर पाण्डे बताउँछन् ।
पक्राउ परेका व्यक्ति आवश्यक कार्यवाहीको लागी जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाले जनाएको छ ।

Post a Comment

 
Top