१ सय २१ दलद्वारा समानुपातिकमा उम्मेदवारी दर्ता
असोज १८ -
मंसिर ४ गते हुने संविधानसभा चुनावका लागि शुक्रबार दलहरुले समानुपातिक निर्वाचन पद्धतितर्फ उम्मेदवारको बन्दसूचि बुझाएका छन् ।
उम्मेदवारको सूचि लामो भएको र सबै उम्मेदवारको छानविन गर्नुपर्ने भएकाले साँझ अबेरसम्म दर्ताको काम चलेको निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिनुभयो ।
उम्मेदवारको बन्दसूचि बुझाउनका लागि कुपन वितरण गरिएको र त्यसकै आधारमा सूचि बुझाउने काम भएको राईले बताउनुभयो । आयोगले बिहान १० बजेदेखि बेलुकी पाँचबजेसम्म उम्मेदवारको बन्दसूचि बुझाउने समय निर्धारण गरेको थियो ।
समानुपातिक निर्वाचनका लागि एक सय २४ दलले निवेदन दिएका थिए । तर शुक्रबार १ सय २१ दलले मात्र उम्मेदवारको बन्दसूचि बुझाउन आएका निर्वाचन आयोगले जनाएको छ ।
शनिबार उम्मेदवारको बन्दसूचि सच्याउन दलहरुलाई सूचित गर्ने, ३० गते बन्दसूचि संशोधन गरी पेस गर्ने र असोज ६ गते बन्दसूचि सार्वजनिक गर्ने आयोगको कार्यतालिका छ ।

Post a Comment