मतपत्र छपाईको काम सुरु
असोज १९–
आसन्न संविधानसभा निर्वाचनका लागि मतपत्र छपाइको काम शनिबारदेखि शुरु भएको छ ।
निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्र सानोठिमीलाई मतपत्र छपाइको जिम्मा दिएको छ । मतपत्र दिउँसो र राती गरी दुई चरणमा २४ सै घन्टा छाप्ने केन्द्रले जनाएको छ । छपाइका लागि ३ सय ३८ जना कर्मचारी खटिने छन् । निर्धारित समयमा मतपत्र छपाउन आयोगले केन्द्रलाई ४ वटा मेसिन समेत उपलब्ध गराएको छ । आयोगका अनुसार छाप्ने मेसिन, भवन र केन्द्र परिसरको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिनेछन् ।
Post a Comment