0

प्रत्यक्ष उम्मेदवारमाथि आज उजुरी दिन सकिने



 असोज १९–
निर्वाचन आयोगले संविधानसभा चुनावका लागि उम्मेदवारी दिएकाहरुको विरोधमा उजुरी दिन शनिबार साँझसम्मको समय तोकेका छ ।
सबै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका बिभिन्न दल र स्वतन्त्र उम्मेदवारहरुको बिरोधमा सम्बन्धित जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने आयोगले बताएको छ । दाबी बिरोध परेको आधारमा आयोगले आइतबार जाँचबुझ गरी सोमबार अन्तिम नामावली प्रकाशन गर्नेछ ।
यस्तै, आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरुलाई बन्दसूची सच्चाउन सूचित गरेको छ । बिहान १० देखि बेलुकी पाँच बजेसम्म बन्दसूची सच्चाउने समय रहेको आयोगले जनाएको छ ।

Post a Comment

 
Top