0
 आश्विन १९ -
 संविधानसभा चुनावका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची बुझाउनुपर्ने अन्तिम बेलासम्म पनि आन्तरिक भागबन्डा मिलाउन नसकेका दलहरूले राति सूची बुझाएका छन् ।
निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचनमा भाग लिने सूचना दिएका १ सय २४ मध्ये १ सय २१ दलले आ-आफ्ना उम्मेदवारको बन्दसूची बुझाएका हुन् । आयोगले दलहरूलाई बन्दसूची संशोधनका लागि असोज ३० देखि कात्तिक ५ गतेसम्मको समय दिएकाले कात्तिक ६ गते मात्र औपचारिक रूपमा सार्वजनिक हुनेछ ।
बन्दसूची संशोधनको समय एक साता हुने भएकाले दलहरूभित्र सभासद आकांक्षीहरूको खेलकुद र गुटगत खिचातानी शनिबारदेखि हुनेछ । दलहरूले देशभरि पाउने मतका आधारमा निर्धारण हुने सिटमा बन्दसूचीका उम्मेदवारमध्येबाट मात्रै सभासद चयन हुन सक्ने कानुनी व्यवस्था छ ।
समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयले दलहरूलाई उम्मेदवाहरूको बन्दसूची बुझाउन शुक्रबार सााझ पाँच बजेसम्मको समय दिएको थियो । त्यतिन्जेल ५६ साना दलहरूले सूची बुझाएका थिए । आयोगले साू“m ५ बजेभित्र कार्यालय प्रवेश गरी टोकन लिने दलहरूलाई राति साढे ९ बजेसम्म पनि सूची दर्ता गर्न मौका दिएको थियो ।
अपराह्न ४ बजेतिर निर्वाचन आयोग परिसर छिरेका एमाओवादी, कांग्रेस र एमाले नेताहरूसँग उम्मेदवारको अन्तिम सूची र आवश्यक सबै कागजात थिएनन््। दोस्रो तहका नेताहरूले आयोगको बैठक कक्षमा बसेर नामावलीलाई अन्तिम रूप दिने प्रयास गरे पनि त्यसमा जटिलता आएपछि उनीहरूले निर्णय प्रक्रिया सहज बनाउन आ-आफ्ना शीर्ष नेताहरूलाई बोलाएका थिए ।
बन्दसूचीमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएको क्षेत्र र खसआर्यजस्ता समूहका लागि तोकिएको कोटा तलमाथि गर्न नपाइनुले कानुनी प्रावधानका कारण दलहरू उम्मेदवारहरूको राजनीतिक र प्राविधिक व्यवस्थापन एकैपटक गर्नुपर्ने बाध्यतामा परेका हुन्् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनालसहितका नेताहरू पुगेपछि तीन दलले छुट्टाछुट्टै कोठामा बसेर उम्मेदवारको सूचीलाई अन्तिम रूप दिएका थिए । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ बिहीबारमात्रै उम्मेदवारी मनोनयन प्रक्रिया पूरा भएकाले पनि शुक्रबार नेताहरूलाई समानुपातिक सूची तयार गर्न हम्मे परेको हो । समानुपातिकतर्फका टिकट आकांक्षीलाई मात्र होइन प्रत्यक्षका असन्तुष्टलाई समेत समेट््ुपर्ने बाध्यतामा थिए । स्रोतका अनुसार कांग्रेसमा संस्थापन पक्ष र शेरबहादुर देउवा पक्षले आ-आफ्नैै तरिकाले संकलन गरेको सूची एकीकृत गर्ने कामसमेत आयोग परिसरमै भएको थियो । साना दलहरूले भने सूचीदर्ताका लागि आवश्यक कागजात पुर्‍याउन दिनभरि नै आयोग प्रांगणमा भौंतारिएका थिए ।
२०६४ को निर्वाचनमा सूची बुझाएको अनुभव भएका प्रमुख दलहरूसमेत आवश्यक प्राविधिक तयारीबिनै सूची बोकेर आयोग पुगेका थिए । उनीहरूले साू“m ७ बजेतिर नामावलीलाई अन्तिम रूप दिएपछि दलको लेटरप्याड, छाप र सम्भावित उम्मेदवारका कागजात रहेको फोल्डर मगाएका थिए ।
प्रमुख निर्वाचन आयुक्त उप्रेतीले उम्मेदवारको बन्दसूची तयारीमा परेको अप्ठ््ारोलाई निर्वाचन प्रणालीको असफलताका रूपमा लिन नहुने बताए । 'यो निर्वाचन प्रणालीको असफलता होइन, हाम्रो परिपक्वताको कमी हो,' प्रमुख दलका नेताहरूसूँको छलफलपछि उनले संवाददाताहरूसूँ भने, 'यो प्राविधिकभन्दा पनि राजनीतिक व्यवस्थापनको विषय हो । प्राविधिक व्यवस्थापन राजनीतिकजस्तो गाह्रो होइन ।' प्रमुख दलका नेताहरूले भने 'केही प्राविधिक समस्या कारण' मात्र उम्मेदवारको बन्दसूची दर्तामा ढिलाइ भएको प्रतिक्रिया दिए । यस्तो साझा प्रतिक्रिया दिनेमा एमाओवादी अध्यक्ष दाहाल र एमाले अध्यक्ष खनाल थिए । दाहालको टोलीमा नारायणकाजी श्रेष्ठ, हिसिला यमी, वर्षमान पुन, गिरिराजमणि पोखरेलसहितका नेताहरू थिए ।
कांग्रेस सभापति कोइरालाको साथमा महामन्त्री कृष्ण सिटौला, मिनेन्द्र रिजाल, विमलेन्द्र निधिसहित नेता थिए भने एमाले टोलीमा विष्णु पौडेल, विष्णु रिमाल, अग्नि खरेलसहित नेताहरू थिए ।
निर्वाचन आयोगले चुनावी प्रयोजनका लागि दर्ता भएका दलहरूको प्रशिक्षण शिविर नै आयोजना गरी समानुपातिक प्रणालीको समावेशी कोटा निर्धारणको सिद्धान्तबारे जानकारी गराएको थियो । आयोगले 'पेनड्राइभ' मा राखेर बन्दसूची तयार गर्ने 'सफ््वेयर' नै उपलब्ध गराएको भए पनि अधिकांश दलहरू रेकर्ड फाइलमा उम्मेदवारको नाम बोकेर गएका थिए ।
एमाओवादी, कांग्रेस, एमालेसहित राष्ट्रिय दलहरूले उम्मेदवारको अधिकतम संख्या ३ सय ३५ को सूची बुझाएका छन््भने धेरै साना दलहरूले ३४ देखि १ सयसम्मको सूची बुझाएका छन्् । समानुपातिक प्रणालीमा भाग लिन चाहने दलले कम्तीमा ३४ र बढीमा ३ सय ३५ उम्मेदवारको सूची बुझाउन सक्ने कानुनी व्यवस्था छ । एक सयसम्मको मात्र सूची बुझाउने महिलाको ५० प्रतिशतबाहेक अन्य समावेशी कोटा पूरा नगरे पनि हुने छुट कानुनले दिएको छ । दलले असोज ३० गतेसम्म नामावलीमा संशोधन गरेपछि आयोगले कात्तिक ६ गते बन्दसूची सार्वजनिक गर्नेछ । सुरु हुने दाबी विरोध, उम्मेदवारी फिर्ता गर्ने प्रक्रिया पूरापछि कात्तिक २९ गते मात्र समानुपातिक उम्मेदवारको अन्तिम सूची प्रकाशित हुने निर्वाचन कार्यक्रममा उल्लेख छ ।

Post a Comment

 
Top