निर्वाचनको प्रतिफल मेरा साथीभाइले नै दिएका हुन्, राजनीतिक संरक्षणले होइन । चुनावअघि मैले २४र२५ देशमा रहेका गैरआवासीय नेपालीलाई भेटेको थिएँ, कुरा गरेको थिएँ । जसले गर्दा ममा चुनाव जित्छु भन्ने आत्मबल थियो । मलाई कसैले पछि पार्न सक्ने अवस्था थिएन । त्यसैले लोकतान्त्रिक पद्धतिबाट चुनिएको छु । ममा कुनै राजनीतिक दाग छैन भन्ने स्पष्ट गर्न चाहन्छु । अध्यक्षका रूपमा काम गर्न मलाई सबै राजनीतिक दलको सहयोग चाहिन्छ । तर, चुनावको प्रतिफल राजनीतिक प्रभावबाट आएको होइन ।
एनआरएनको इतिहासमै पहिलोपटक निर्वाचनमार्फत नेतृत्व बन्नुभएको छ । के–के योजना छन् रु
मसँग हिजो जे एजेन्डा थिए, आज पनि तिनै नै हुन् । फरक यत्ति हो कि अबचाहिँ मैले काम गर्ने अवसर पाएको छु । निर्वाचनको घोषणापत्रमा भएका प्रतिबद्धतालाई कार्यसमितिको सल्लाहअनुसार कार्ययोजना बनाएर पूरा गर्नेछु । कार्ययोजनामा तत्कालीन, मध्यकालीन र दीर्घकालीन कार्यक्रम समावेश हुनेछन् । म सामूहिक नेतृत्वमा विश्वास गर्ने व्यक्ति भएकाले यसअघि मैले भ्रमण नगरेका देश भ्रमण गरी त्यहाँका एनआरएनलाई भेटेर परामर्श गर्नेछु । त्यसले पनि मलाई ठोस कार्ययोजना बनाएर अगाडि बढ्न सघाउनेछ । मेरो ध्येय हुनेछ कि अहिलेको मिहिनेतले भावी नेतृत्वलाई काम गर्न सजिलो होस् । यसैगरी, संघले १० वर्षपछि वैधानिकता पाएकामा उत्साहित छु । संघलाई वैधानिक बनाउने मेरो पहिलो लक्ष्य थियो । तर, मेरो कार्यकाल सुरु हुनुअगावै संघले वैधानिकता पाएको छ । अब म संघको आफ्नै भवन निर्माण गर्ने प्रतिबद्धता पूरा गर्नतर्फ लाग्नेछु ।

विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीलाई समेट्न के गर्नुहुन्छ रु
ममाथि सम्मानका साथ भावना बुझेर सबैलाई समेटेर अघि बढ्नुपर्ने दायित्व छ । मैले घोषणापत्रमा पनि एकता र समावेशिताबारे उल्लेख गरेको थिएँ । मैले जितपछि मेरा प्रतिस्पर्धी तेन्जी शेर्पालाई पनि भनेको थिएँ– यो मेरो मात्रै जित होइन, सबै एनआरएनको जित हो । जितका साथ आएका जिम्मेवारी सम्हालेर लाने मेरो प्रयत्न हुनेछ । त्यसका लागि सामूहिक एकतामा केन्द्रित हुनेछु । अहिले संघमा देखिएको एकताको कमीलाई पूरा गर्दै सबैलाई मिलाएर लैजानेछु ।

एक दशकसम्म एनआरएनहरूले ठूला गफ मात्रै गरे, प्रतिबद्धताअनुसारको लगानी नेपालमा ल्याउन सकेनन् भन्ने आरोप लाग्दै आएको छ । अब तपाईंको कार्यकालमा साँच्चिकै काम हुन्छन् भन्ने आधार के छन् रु
कामै नभएको भन्नेचाहिँ होइन । एनआरएनबाट झन्डै ३० अर्ब रुपैयाँ नेपालमा लगानी भइसकेको छ । विदेशमा रहेका नेपाली लगानीको क्षेत्रमा वामे सर्दै गरेको अवस्था छ । त्यसमा अहिले दुईरचारजना मात्रै माथि उठेको हामी देख्न सक्छौँ । त्यसैले अब बिस्तारै लगानी बढ्नेछ । तर पनि, जति हुनुपर्ने हो त्यति नभएकोमा म सहमत छु । हामीले विदेशमा रहेका नेपालीसँग भएका ज्ञान, सिप र अनुभवलाई त्यत्ति उपयोग गर्न सकिरहेका छैनाँै । यसका लागि योग्य र दक्ष एनआरएनलाई समेटेर जानुपर्ने आवश्यकता मैले देखेको छु ।

वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका नेपालीको अवस्था राम्रो छैन । यसलाई सुधार गर्न तपाईंको कार्यकालमा के काम हुन्छन् रु
देशको आर्थिक अवस्था राम्रो नभएकाले जुझारु युवाहरू स्कुलेजीवनमै विनासीप कम पारिश्रमिकमा जोखिम मोलेर बिदेसिन बाध्य भएका छन् । यो प्रक्रिया लामो समयसम्म चल्दै छ र चलिरहने देखिएको छ । यो समस्या एनआरएनले नै समाधान गर्छ भन्ने होइन । हामीसँग सीमित स्रोत छ । यसका लागि सरकारले नै ठोस कदम चाल्नुपर्छ । हामीले अन्तर्राष्ट्रिय एजेन्सी जस्तै, आइएलओहरूसँग डिल गर्न सक्छौँ ।
सरकारले वैदशिक रोजगारीमा गएका कामदारका लागि कोष बनाएको छ । तर, त्यसको सही सदुपयोग हुन सकेको छैन । मैले खाडी मुलुकमा काम गर्ने नेपाली कामदारको अवस्थाको पीडाबोध गरेको छु । त्यसैले त्यसका लागि हामीले पनि छुट्टै कोष बनाउनुपर्छ भन्ने लागेको छ । यो काममा ध्यान दिनेछु ।

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी बढाउन तपाईंको के भूमिका हुन्छ रु
वैदेशिक लगानी बढाउन एनआरएनले अहिले पनि पुलको भूमिका निर्वाह गरिरहेको छ । तर पनि, यसमा सरकारको वैदेशिक नीतिले सबैभन्दा धेरै काम गर्छ । अहिले पनि सन् १९९२ मा बनेको नीतिअनुसार वैदेशिक लगानी भित्रिरहेको छ । यो भनेको खिया लागेको नीति हो । हाम्रो मुख्य चुनौती भनेको नै यही हो । हामीसँग वैदेशिक लगानीका सम्बन्धमा स्पष्ट नीति छैन । हामीमा हरेक काममा ढिलापनको रोग छ । हामी सक्षम छौँ, गर्न सक्छाँै, तर विदेशीको लगानी भित्र्याउन संयुक्त भूमिका निर्वाह गर्न सक्नुपर्छ । यसका लागि स्थानीय पार्टनरको खाँचो छ ।

Post a Comment