मिनिबस भित्र शव भेटियो
कात्तिक ५ –
भक्तपुरको मध्यपुर थिमी नगरपालिका कार्यालय अगाडि रोकिराखेको एक मिनिबसमा पुरुषको शव फेला परेको छ ।
पार्किङ गरि राखेको बा १ ख १९५० नम्बरको मिनिबस भित्र सर्लाही कर्कटेका अन्दाजी २८ वर्षका कुमार दनुवारको शव मंगलबार विहान भेटिएको प्रहरीले जनाएको छ ।
विग्रिएको गाडी बनाउन ढोका खोल्दा शव भेटिएको प्रहरीको भनाइ छ । टाउकोमा गम्भीर चोट लागेको अवस्थामा दनुवारको शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले मिनिबसका चालक काभ्रेका जयबहादुर तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।
Post a Comment