0

दलहरुले आज समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्दै, दलहरु आन्तरिक छलफलमाnepal-election-commission

, १८ असोज । 

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत संविधानसभाको दोस्रो निर्वाचनमा भाग लिने दलहरुले आज उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेश गर्दैछन् ।

काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा रहेको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि कार्यालय समयभर दलहरुले उम्मेदवारको बन्दसूची बुझाउन सक्नेछन् । निर्वाचन कार्यतालिकाअनुसार गत असोज १४ गते १ सय २४ वटा दलले समानुपातिक निर्वाचनमा भाग लागि निर्वाचन आयोगमा दल दर्ता गराएका थिए । कुल ६ सय १ सदस्यीय संविधानसभाका ३ सय ३५ सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने छन् । निर्वाचन सम्पन्न भएपछि सम्बन्धित दलले प्राप्त गरेको मतका दलकै सिफारिसमा निर्वाचन आयोगले समानुपातिक सदस्य चयन गर्नेछ ।
यसअघिको संविधानसभामा ५४ दलले समानुपातिक निर्वाचनमा भाग लिएकामा २५ दलको मात्र प्रतिनिधित्व भएको थियो । निर्वाचन कार्यातालिकाअनुसार भोलि उम्मेदवारको बन्द सूची सच्याउन निर्वाचन आयोगले दलहरुलाई सूचित गर्नेछ । ३० असोजमा दलहरुले बन्दसूची संशोधन गरी आयोगमा पेश गर्नुपर्नेछ । जसमाथि कात्तिक ७ मा दाबी विरोध गर्न पाइनेछ ।
आयोगले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिने दलहरुको हिजो नामावली प्रकाशन गर्दै निर्वाचन चिन्हसमेत प्रदान गरेको थियो । समानुपातिक उम्मेदवार चयन गर्न दलहरु बिहानैदेखि आन्तरिक छलफलमा जुटेका छन् । एकीकृत माओवादी केद्रीय कार्यालय बैठक अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा जारी छ । यस्तै उम्मेदवार छान्न काँग्रेस केन्द्रीय समिति र एमाले स्थायी कमिटी बैठक पनि बस्दैछ । यसैबीच आयोगले प्रत्यतर्फको निर्वाचनका लागि हिजो भएको मनोनयन दर्ताको सूची आज सार्वजनिक गर्दैछ ।
त्यसमाथि भोलि दाबी विरोध गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । कार्यतालिका अनुसार असोज २० गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, २१ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २२ गते उम्मेदवारले नाम फिर्ता लिने, २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र २४ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।

Post a Comment

 
Top