0

बिरामी भए म्यादी प्रहरी


आसन्न संविधानसभा निर्वाचनका लागि दुई हप्ते तालिममा सहभागी अघिकांश म्यादी प्रहरी बिरामी भएका छन्। अशुद्ध खानेपानी र नपाकेको खानाका कारण उनीहरु बिरामी भएको हुनसक्ने स्वास्थ्कर्मीले अनुमान गरेका छन्।  
 
गोरखा सदरमुकामस्थित गोरखा क्याम्पसको छात्राबासमा बसेका तीन सय ७१ जना म्यादीमध्ये २० जनाभन्दा बढीलाई बिरामी भएका हुन्। आइतबार दुईजना बिरामी भएपनि त्यो क्रमः मंगलबारसम्म आइपुग्दा २० जनाभन्दा बढी नाघेको छ। 
 
बिरामी हुनेहरुमध्ये अघिकांशलाई झाडापखला लागेको छ। पेट दुख्ने, रुघा लाग्ने, टन्सिल, रक्तचाप बढ्ने, घट्ने, पेट ढुस्स हुने, खान मन नलाग्ने जस्ता समस्या देखिएको गोरखा अस्पतालले जनाएको छ। 
 
बिरामी भएका म्यादी प्रहरीको मंगलबार स्वास्थ्य परीक्षण गरिएको छ। 'बिरामी भएकाहरुको प्राथमिक उपचार गरेका छौ' जिल्ला अस्पताल गोरखाकी स्वास्थ्यकर्मीले भनिन्, 'निशूल्क औषधि दिएका छौ। उनीहरु एक/दुई दिनमा निको हुन्छन्।' 
 
बिरामी हुनेहरु अघिकांश पुरुष हुन्। गोरखाको सदरमुकाम, पालुङटार, जौवारी र आरुघाट बजारमा गरी आठ सय ७१ जना म्यादी प्रहरी तालिममा सहभागी छन्। बिरामी भएका म्यादी प्रहरीलाई प्राथमिक उपचार गराएर तालिममा सहभागी गराएको प्रहरी निरीक्षक डिलबहादुर मल्लले जानकारी दिए।
 
जिल्ला अस्पताल गोरखाका स्वास्थ्यकर्मी म्यादी  प्रहरीलाई उच्च रक्तचाप परीक्षण गदै। तालिममा रहेका म्यादी प्रहरी बिरामी हुन थालेपछि गोरखा अस्पतालले औषधि र स्वास्थ्य उपचार गरिएको छ। 

Post a Comment

 
Top