प्रचण्डलाई लक्षित गरी प्रेसर कुकरमा बालुवा
माओवादी अध्यक्ष प्रचण्डले मोरङको बेलाबारीमा गर्ने सम्बोधनलाई लक्षित गरी बुधबार बिहानै मोरङका तीन स्थानमा अज्ञात समूहले शंकास्पद वस्तु राखेर केहीबेर सबैलाई अत्याएको छ । बेलबारी आसपास राखिएका ती शंकास्पद वस्तु सेना र प्रहरीले एकाबिहानै हटाएको छ ।
बेलबारीमा प्रचण्ड आउने कार्यक्रमलाई लक्षित गरी वैद्य समूहका कार्यकर्ताले त्यसरी शंकास्पद वस्तु राखेको हुनसक्ने अनुमान गरिएको छ । अज्ञात समूहले मोरङको किस्तीपुलदेखि पश्चिम, वेतना सिमसारक्षेत्रभन्दा दक्षिण र जिरीखिम्ती खोलाको पुलसमेत गरी तीन ठाउँमा प्रचण्डको कार्यक्रमलाई लक्षित गरी शंकास्पद वस्तुहरु राखेको थियो । ती स्थानहरुमा कुकरमा तार जोडेर भित्र बारुदको साटो बालुवा भरेर राखिएको थियो ।
‘यहाँ बम छ’ भनेर लेखिएको शंकास्पद वस्तुले एकाविहानै सेना तथा प्रहरीलाई हैरानी पारेको थियो । स्थानीवासीले खबर गरेपछि पूर्वी पृतना इटहरीको बम डिस्पोजल टोलीले उक्त वस्तु हटाएको छ ।
बम राखिएको हल्लासँगै सेनाको प्राविधिक टोली सक्रिय भएपछि केहिबेर पूर्वपश्चिम राजमार्गमा सवारी आगमन अवरुद्ध भएको थियो । शंकास्पद वस्तु नहटाउँदासम्म सर्वसाधारणलाई त्यस क्षेत्रमा हिँडडुल गर्न रोक लगाइएको थियो ।
मेची-महाकाली अभियानअन्तरगत प्रचण्डले दिउँसो १ बजे मोरङको बेलबारीमा सम्बोधन गर्ने कार्यक्रम छ । प्रचण्ड, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठसमेत सहभागी हुनुभएको टोलीले बुधबार विहानै काँकडभिट्टाबाट अभियानको उद्घाटन गरेको छ । काँकडभिट्टापछि बुधबार दिनभरि झापाको बिर्तामोड, दमक र मोरङका उर्लाबारी, पथरी, बेलबारी, बिराटचौक, इटहरी र बिराटनगरमा एमाओवादीका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । बिहीबार सुनसरीको लौकहीबाट सप्तरीसम्म राजमार्ग क्षेत्रमा यसैगरी शीर्ष नेताहरु भाषण गर्दै पश्चिमतर्फ अघि बढ्नेछन् ।

Post a Comment