0

काठमाडौंमा बम भेटियो

 कात्तिक २०–
 देशका विभिन्न स्थानमा बम भेटिरहेको खबर सार्वजनिक भैरहँदा राजधानीमै पनि बम भेटिएको छ ।
काठमाडौँ लप्सीफेदी गाविसको जहरसिंहपौवामा रहेको कालिका शरण उच्च माविमा बम भेटिएको हो ।
महानगरीय प्रहरी प्रभागका प्रहरी निरीक्षक गोविन्द अधिकारीका अनुसार विद्यालय हातामा एक थान सकेट र एक थान प्रेसरकुकर बम फेला परेको हो । सो बम नेपाली सेनाको टोलीले  निष्क्रीय परेको थियो । बम राख्नेको पहिचान हुन नसकेको र अनुसन्धान प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।
चुनावको मिति नजिँकिँदै जाँदा देशका विभिन्न स्थानमा अवरोध हुँदै आएको छ

Post a Comment

 
Top