कांग्रेस कार्यकर्ताको घरमा प्रेसर कुकर बम भेटियो
,२० कात्तिक
नवलपरासीको बडहरा दुबौलिया गाविस ६ मा नेपाली कांग्रेसका कार्यकर्ताको घरमा प्रेसर कुकर बम भेटिएको छ ।
स्थानीय कोयल सहानीको घरमा ट्याक्टर मुनि विस्फोटक पदार्थले भरिएको ३ लिटरको कुकर बुधबार विहान ५ बजे स्थानीय वासिन्दाले देखेको प्रहरीले जनाएको छ ।
बम राखिएको ठाउँ वरपर मधेशी मुक्ति टाईगर समूहका अध्यक्ष राजन प्रतापको पर्चा भेटिएको छ । परासीबाट गएको नेपाली सेनाको डिस्पोजल टोलीले बम निष्क्रिय पारेको प्रहरीले जनाएको छ ।
सहानी नेपाली कांग्रेस बडहरा दुबौलियाका गाउँ एकाई समितिका उपाध्यक्ष हुनुहुन्छ । नेपाली कांग्रेसका कार्यकर्ता तथा उम्मेदवारलाई तर्साउन बम राखिएको अनुमान गरिएको छ ।
नवलपरासी क्षेत्र नम्बर ५ मा पर्ने यस क्षेत्रबाट नेपाली कांग्रेसका विक्रम खनालले उम्मेदवारी दिनुभएको छ ।
Post a Comment