दृष्टिविहिनको सगरमाथा आरोहण गर्ने अठोट
बाग्लुङ जिल्ला स्थित सर्कुवा गाविसका स्थायी बासिन्दा दुष्टिविहिन अमित केसीले सगरमाथा चढ्ने बताएनुभएको छ ।
अमितले आफु देशकै पहिलो र विश्वकै दोस्रो दृष्टिबिहिन सगरमाथा आरोही हुने दाबी समेत गर्नुभएको छ । सगरमाथा आरोहणको ९८ प्रतिशत भन्दाबढी प्रक्रिया पुरा भैसकिएको उहाँले जानकारी दिनुभयो ।
सम्पुर्ण दृष्टिविहिनहरुको प्रतिनिधित्व गर्दै तथा उनीहरु भित्र रहेको प्रतिभा एवम अदम्य साहसलाई प्रस्फुटन गराउन उत्प्रेरणा गर्ने उद्देश्यले आफुले सगरमाथा आरोहण गर्न लागेको उहाँले बताउनुभयो । स्नातकोत्तर तहसम्मको अध्ययन पुरा गर्नु भएको अमितले आरोहणका लागि आवश्यक पर्ने तालिम तथा सामाग्रीहरु लगभग अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।
अपाङग समुदायलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तनमा आफ्नो यो कार्यले महत्वपुर्ण भुमिका खेल्ने उहाँको विश्वास छ । साथै उहाँले सगरमाथा आरोहणका लागि २४ हजार आठ सय ३८ अमेरिकी डलर लाग्ने भएकोले सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
Post a Comment