'सेना ब्यारेक फर्कन्छ, चुनाव बहिस्कार शान्तिपूर्ण नभए कारवाही गर्छौं':सञ्चारमन्त्री
१८ कार्तिक,
सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले निर्वाचन बिरुद्ध रहेका दलहरुको गतिविधि शान्तिपूर्ण नभए कारवाही गर्ने चेतावनी दिनुभएको छ । कानून उल्लघन गर्ने गरी बहिस्कार गरिए सरकारले कारवाही गर्छ पौडेलको भनाइ छ ।
शान्तिपूर्ण बहिस्कार बहिस्कारबादीहरुको अधिकार हो । पौडेलले भन्नुभयो सरकारले त्यसको सम्मान गर्छ । बहिस्कार शान्तिपूर्ण हुन्जेलसम्म सरकारले केही गर्दैन कानून उल्लघन गर्न थाले कारवाही गर्छ ।
काठमाडौंमा भएको साक्षात्कारमा पौडेलले नेकपा–माओवादी मुलुकको जिम्मेवार पार्टी भएकोले उसले निर्वाचन विथोल्ने गरी गतिविधी नगर्ने विश्वास ब्यक्त गर्दै आफूहरुसँग भएको अनौपचारिक कुराकानीमा समेत उनीहरुले बहिस्कार शान्तिपूर्ण हुने बताएको जानकारी दिनुभयो ।
लामो प्रक्रिया पुरा गर्दै निर्वाचनको अभियान अहिलेसम्म आईसकेकोले अब कुनै पनि हालतमा निर्वाचन नरोकिने स्पष्ट पार्दै उहाँले भन्नुभयो निर्वाचनले लामो प्रक्रिया पुरा गरिसकेको छ । मुलुक निर्वाचनमय भईसकेको छ अब निर्वाचन सार्न सकिदैन ।
निर्वाचन अभियानमा उमेदवार र पार्टीहरुले हजारौ सवारी साधन प्रयोग गरेको अवस्थामा एकाध गाडिमाथि आक्रमण भएको घटनालाई लिएर सुरक्षाको विषयमा प्रश्न उठाउनु जायन नभएको भन्दै सरकारले निर्वाचन केन्द्र र मतदाताहरुलाई मत हालेर घर जाने अवस्था सरकारले सुनिश्चित गर्ने दावी गर्नुभयो
नेपाली सेना ६४ सालको निर्वाचनबाहेक सबै निर्वाचनमा कुनै न कुनै भूमिकामा रहेको भन्दै नेपाली सेना आफ्नो निर्वाचन सम्बन्धी जिम्मेवारी पुरा गरेर ब्यारेक फर्किने स्पष्ट पानुभयो ।
नेपाली सेनाले निर्वाचनमा सुरक्षा गर्न नसक्ने भनि सरकारलाई कुनै प्रतिवेदन नदिएको जानकारी दिदै आफूले यो विषयमा मन्त्री परिषद अध्यक्ष, गृहमन्त्री, रक्षासचिवसँग पनि कुरा गरिसकेकोले बाहिर आएको यो विषय हल्ला मात्रै भएको पौडेलको भनाइ छ ।

Post a Comment