Latest News

0

कोपनहेगनको सडकमा देउसी भैलो0

डेनमार्कमा रहेका नेपालीहरुले कोपनहेगनको ब्यस्त सडकमा देउसी भैलो खेलेका छन। तिहारको शुरूको दिन अर्थात काग तिहारको दिन मध्य कोपेनहेगनको अति व्यस्त सडकमामा देउसी भैलो मात्र नखेली नेपाली कला संस्कृतिको प्रचार पनि गरे।
 
देउसी भैलोमा भट्टाउँदै घर घर माग्दै हिंड्ने भए पनि यहाँ कानून अनुसार नमिल्ने हुनाले कोपनहेगनको सिटी हल रहेको अति व्यस्त ठाउँ 'राडहुस्प्लासन' बाट शुरू भएको देउसी भैलो कार्यक्रम सडकमा कला संस्कृति प्रदर्शन गर्दै करीब एक किलोमीटरको यात्रा गरी अर्को व्यस्त ठाउँ 'कंगस निट्रो' सम्म पुगेको थियो सडकमा देउसी भैलो चलिरहँदा स्थानीय प्रहरीले एकतर्फी बाटो पुरै खाली 
गराएको थियो भने त्यहाँ चल्ने सवारीहरुलाई अर्को रुटको व्यबस्था गरेको थियो । सडकमा देउसी भैलो चलिरहँदा प्रहरीले स्कर्टिंग गरेको थियो ।
 
कोपनहेगनमा  सांझ पखको व्यस्त सडकमा यसरी कार्यक्रम गरेर नेपाली कला र संस्कृतिको प्रचार गर्नु आफैमा ठुलो उपलब्धि हो । कार्यक्रम चलिरहँदा स्थानीय डेनिश हरुले निकै रुची पूर्वक अवलोकन गरेका थिए भने धेरैलाई मादल बजाएको आवाजले आकर्षित गरेको थियो । यस्तो देउसी भैलो को आयोजनाको चाँजोपांजो भने 'नेपाली सडक महोत्सव प्रतिस्ठान' नामक संस्थाले मिलाएको हो आगामी दिनमा पनि डेनमार्कमा यस्ता कार्यक्रमको आयोजना गर्ने गरी यसको स्थापना गरिएको संस्थाका पूर्ण बन्धनले बताए ।  करीब दुइ सयको संख्यामा नेपालीहरु सहभागी रहेको देउसी भैलो कार्यक्रममा नेपाली कला, संस्कृति झल्कने खालको पोशाक र तिहार सामाग्री सहित प्रदर्शन गरिएको थियो भने सहभागी एवं स्थानीय डेनिश नागरिक हरुलाई सेलरोटी वितरण गरिएको थियो । डेनमार्कका लागि राजदूत मुक्ति नाथ भट्ट एवं दुतावासका मिनिस्टर कन्सुलर राम काजी खडका समेत देउसी भैलो कार्यक्रम अवधीभर रही साथ दिएका थिए । 
 
यो कार्यक्रम सम्पन्न गर्नको लागि स्थानीय डेनिश नागरिक कारेन भेलेन्टाइनले धेरै सहयोग गरेकी थिइन नेपाली भाषा राम्रोसंग बुझ्न र बोल्न सक्ने उनले नेपालीहरुलाई सहयोग गर्न पाउँदा आफुलाई ख़ुशी लाग्ने बताइन।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top