Latest News

0
फेसन ड्रेस नेपाली टेर्लर बरदुबाईमा सुरु 
निमकान्त पाण्डे
 बिदेशमा नेपालीहरुले ब्यबसाय गर्नेक्रम तिब्र बढी रहेको बेला दुबईको मुख्य शहर बरदुबाईमा नेपालीले टेर्लर ब्यबसाय उद्घाटन गरिएको छ ।

 अन्तर्राष्ट्रिय जगतमा नेपाली कला र संकृतिको जगेर्णा गर्ने उदेश्यका साथ सुरु गरिएको उक्त व्यवसायमा ७ बर्ष देखि युएईमा मास्टर डिजाईन साथै नेपालमा विभन्न फेसन ड्रेस डिजाईनर गर्दै आउनु भएका पवौ गौडी गाबिस स्याङ्जाका रामचन्द परिवार तथा क्याक्मी स्याङ्जाका बाबुराम बिक को संयुक्त लगानीमा विधिवत रुपमा ब्यबसाय सुरु भएको छ।

 मुख्य नेपाली,ईन्डियन,पाकिस्तानी,अरबीहरुका लागि लक्षित गरि सुरु गरिएको व्यवसायमा पश्चिमा ड्रेस पनि तयार गरिने परियार बताउछन। बिश्व परिबर्तन आधुनिक जीवन शैली र नयां फेसन डिजाईन तयारीका लागि सम्पर्क गर्न सकिने यस व्यवसायमा हेल्प राईजिङ्ग नेपाल र NRN पुर्ब अध्यक्ष चन्द्र रोकाहा को मुख्य प्रेणा रहेको उनिहरु बताउछन।

 नेपालीहरुका लागि कोट पाईन्ट,दौरा सुरुवालहरुको निकै माग आईरहेको देखिने उक्त टेर्लर ब्यबसायले निकै राम्रो ब्यपार गर्ने उद्घटनमा उपस्थित नेपालीहरु बताउछन। 

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top