फिस्टेल एअरबाट दाहाल दैलेखमा
१६ कार्तिक
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस बूढो रुख र एमाले इतिहासमै सबैभन्दा बढी अवसरवादी भएको आरोप लगाएका छन् ।
कांग्रेसबाट जनताले आशा गर्नै छाडिसके ऊ कुहिएर ढलिसक्यो र एमाले सबैभन्दा बढी ढुलमुले भएकाले उसको भविष्य छैन्, दाहालले भने, मुलुक हाँक्ने जिम्मा हाम्रै काँधमा छ ।
एमाओवादी दैलेख निर्वाचन क्षेत्र नम्बर १ द्वारा सदरमुकाममा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै दाहालले मुलुक हाँक्ने जिम्मा आफूलाई प्राप्त भएको बताए । उनले भने, गणतन्त्र, समावेशी, धर्म निरपेक्षता र संविधानसभाको नेतृत्वकर्ता एमाओवादी हो । यसपटक दुई तिहाई बहुमत दिएर जनमुखी संविधान बनाउने अवसर दिनुस् । पार्टीको हेटौंडा महाधिवेशनले मुलुकलाई निकास दिएको दाहालको दाबी छ ।
प्रधानान्याधीश नेतृत्वको तटस्थ सरकार बनाउने एजेण्डामा सुरुमा कांग्रेस एमालेले ठूलै स्वरमा विरोध गरे, पछि जनताको व्यापक सर्मथन देखेपछि स्वीकार्न बाध्य भएका उनले बताए । डोल्पा हुँदै दैलेखको चुनावी सभालाई सम्बोधन गर्न दाहाल फिस्टेल एअरको हेलिकोप्टरमार्फत आएका हुन् ।
दैलेखबासीलाई दोलखाबासी भन्दै सम्बोधन बिगारे :-
आसन्न संविधान सभाको चुनावी सभालाई सम्वोधन गर्न दैलेख आएका एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्वोधन मै दैलेखबासीहरुको नाम उच्चारण नगरी दोलखाबासीहरु भन्दै सम्वोधन नै विगारे।
प्रचण्डको भाषणको सुरुवातमै दैलेखको नाम छुटाएर दोलखाबासी भनेर सम्वोधन नै गरेपछि दैलेखबासीहरु दंग परे। लगत्तै पछाडीबाट दैलेखबासी भनेर सम्वोधन गर्न नेताहरुले आहवान गरेपछि दैलेखबासीहरु भनेर प्रचण्डले सम्वोधन गरेपछि उनको भाषण अघि बढेको थियो।
३ घण्टा बढी प्रचण्डको प्रतिक्षामा बसेका सयौं कार्यक्रर्ताहरु उनको सम्वोधनमा दैलेख छुटाएपछि हल्लाखल्ला मच्चिएको थियो। डोल्पाका दुई चुनावी सभा सकेर दैलेख आएका प्रचण्डले माघ १० गतेको सम्झना समेत गरे। ुपहिलो परिस्थिति बेग्लै थियो अहिले बेग्लै छ। कार्यकर्तालाई सम्वोधन गर्दै प्रचण्डले भने, अवको चुनावमा पनि यहाँकै जनताले हामीलाई जिताउने छन्।
संविधासभाको चुनाव सजिलै आएको हैन् उनले अगाडी भने, ुहाम्रै एजेण्डामा अरु दलहरु आएपछि चुनाव हुन लागेको हो।ु धन्नै आधा घण्टा सम्वोधन गरेका प्रचण्डले दैलेखबासी समक्ष राष्ट्रको स्वाधिनता, स्वतन्त्रका लागि बहुमतले आफ्ना उम्मेदवारहरुलाई जिताउन आहवान गरे। छोरा प्रकाशसगै हेलिकप्टरमा दैलेख आएका उनले आफ्नो भाषणसर्के लगत्तै सुर्खेतमा हुने चुनावी सभालाई सम्वोधन गर्न गएका थिए।
Post a Comment