0

सुरक्षा परिषदको सल्लाहले चुनावमा अन्यौल


, १६ कातिक 
 राष्ट्रिय सुरक्षा परिषद सचिवालयले सबैलाई मान्य हुने समाधान निकाल्न सरकारलाई सुझाव दिएपछिछ मंसिर ४ गते हुने भनिएको निर्वाचन अन्यौलमा परेबो छ । सचिवालयले मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई शुक्रबार यस्तो सुझाव दिएको हो।
 सचिवालयले अहिलेको निर्वाचन संविधान बनाउनका लागि भएकाले सबैलाई मान्य हुने समाधान निकालेर मात्र निर्वाचनमा जान रेग्मी र सरकारलाई सुझाव सहितको प्रतिवेदन दिएको छ। यो सुझाव सहितको प्रतिवेदन निर्वाचन आउन १८ दिन मात्र बाँकी छँदा आएको छ ।

नेकपा माओवादीसहितका निर्वाचनको बहिष्कार गर्ने पक्षमा रहेका दलहरुले देशमा हिंसात्मक घटनाका क्रम बढाएकाले निर्वाचन सार्ने बहाना जुराउनकाल ागी सरकार निकट दलहरकाल ागी प्रतिवेदन फाइदा जनक हुन सक्ने अनुमान गरिएको छ ।
 निर्वाचन अगाडी नै सबैलाई मान्य हुने समाधान ननिकालिएर मुलुक फेरि द्वन्द्वमा फस्ने निष्कर्षसहितको प्रतिवेदन सचिवालयले सरकारलाई बुझाएकाले मन्त्र िपरिषद अध्यक्ष रेग्मी गम्भीर बनेका छन् ।
 प्रतिवेदनमा बहिष्कारवादी दल रणनीतिक योजनाका साथ चुनाव बहिष्कारको अभियानमा लागेको उल्लेख गरिएको छ। विभिन्न कुटनीतिक निकाय, राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय संघ संस्था र नागरिक समाजबाट राष्ट्रिय दबाब र पहलबाट साझा समाधान निकाल्न सचिवालयले सुझाव दिएको छ्।

सेनाका उपरथीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका डीआईजीहरु र रक्षा तथा गृहमन्त्रालयको समेत प्रतिनिधित्व रहेको सचिवालयले चुनावका मुखमा विपक्षीबाट सैन्य गतिविधि हुन सक्ने संकेत पाएको भन्दै अध्यक्ष र सरकारलाई जानकारी गराएको हो। साथै सचिवालयले नेकपा९माओवादीसहितको ३३ दलीय मोर्चाले आगामी २५ गतेबाट सञ्चालन गर्न लागेको भनिएको निर्वाचन विरोधी अभियान भन्दा अगाडि नै समाधान निकाल्न पनि सुझाव दिएको छ।

Post a Comment

 
Top