एके–४७ राईफल आबिस्कारकको निधन 
९ पौष,
एके–४७ राईफलका आबिस्कारक मिखाईल क्लाशनिकोवको निधन निधन भएको छ । आन्तरीक रक्तश्राबबाट गत नोबेम्बरदेखी अस्पताल भर्ना भएका उनको ९४ बर्षको उमेरमा निधन भएको हो । क्लाशनिकोवको जन्म रुसको पश्चिमी साईबेरीयामा १० नोबेम्बर १९१९ मा भएको थियो । क्लाशनिकोवले डिजाईन गरेको अटोमटीक राईफल अहिले बिश्वमा सर्बाधीक प्रयोगमा छ ।
अन्य हतियारको तुलनामा अत्यन्तै साधारण भएकाले यसलाई बनाउन र रेखदेख गर्नपनि सहज रहेको अधिकांश सुरक्षाकर्मीहरुले बताउँदै आएका छन् । हतियार बनाएकोमा रुष सरकारले सम्मान गरेपनि क्लाशनिकोवले आँफूले जति कमाउनुपर्ने हो त्यति नकमाएको भन्दै असन्तुष्टि जनाउनेँ गर्थे । असन्तुष्टि जनाउनेँ क्रममा उनले एक पटक बन्दुक बनाउन बन्दा घाँस काट्ने मेशीन बनाएको भए बढि पैसा कमाउनेँ थिएँ भनेका थिए ।
१९३८ मा रुसी सेनामा भर्ती भएका उनि १९४१ को द्वितिय बिश्व युद्धका क्रममा ट्याङ्क बिस्फोटमा परि घाईते भएका थिए । घाईते भएर अस्पतालको शैयामा रहँदा नै उनले जर्मनीलाई चूनौती दिनेँ यो हतियारको डिजाईन गरेका थिए । शुरुमा यसलाई आवटोमट क्लाशनिकोवा भनिएपनि पछि सजिलोका लागी एके–४७ भनिएको थियो ।
Post a Comment