ठमेलमा सडक महोत्सव हुने
पुस १०–
ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्ष सन् २०१४ को आगमनका अवसरमा ठमेल क्षेत्रमा यही पुस १६ गते (डिसेम्बर ३१) ‘पर्यटन सडक महोत्सव’ आयोजना गरिने भएको छ ।महोत्सवमा आन्तरिक तथा बाहय पर्यटकका लागि विविध सांस्कृतिक कार्यक्रम, विभिन्न परिकारका खाद्यान्न, पहिरन प्रदर्शनी तथा बिक्रीका लागि राखिने ठमेल पर्यटन विकास परिषदद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । सो दिन राति २ बजेसम्म ठमेलका सबै होटल र व्यापारिक केन्द्र पर्यटकका सेवा र सुविधाका लागि खोलिनुका साथै सुरक्षा व्यवस्था सुदृढ गरिने परिषद्का अध्यक्ष रामशरण थपलियाले बताए ।नयाँ वर्षमा विदेशीभन्दा नेपाली पर्यटक नै बढी आउने हुँदा परिषद्ले यसलाई नेपालीकै चाड र उत्सवका रूपमा मनोरञ्जनात्मक कार्यक्रम र विशेष सेवा दिने गरेको जानकारी उनले दिए । त्यसैगरी बुधबार ‘क्रिसमस डे’ का दिनमा ठमेलमा उत्सवको आयोजना गरिएको बताइएको छ ।
Post a Comment