0

रक क्लाइम्बिङमा पर्यटकको आकर्षण 

 पुस १०– 
कहालिलाग्दो भीरमा डोरीको सहायतामा चट्टान आरोहण गरिने खेलको नाम हो रक क्लाइम्बिङ ।
rock climbingआत्मबल दह्रो, साहसी र निडर व्यक्तिले मात्रै चट्टानमा आरोहण गर्न सक्छन् तर पनि उक्त खेल खेल्नका लागि तनहुँको बन्दीपुर–६ विमलनगरस्थित चुन पहरो स्वदेशी तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु बनेको छ ।
विसं २०६४ साउन ९ गतेबाट सिद्धगुफा विकास समितिले सो स्थानमा रक क्लाइम्बिङ खेल सञ्चालनमा ल्याएपछि बर्सेनि पर्यटकको आकर्षण बढ्दै गएको सिद्धगुफा विकास समितिका संस्थापक अध्यक्ष लालकुमार श्रेष्ठ बताउँछन् ।
पृथ्वी राजमार्गसँगै जोडिएको करिब ५५ मिटर अग्लो यो पहरामा १६ वटा रुट सञ्चालनमा ल्याइएको र पाँचवटा रुट चाँडै नै थप्ने तयारी भइरहेको पनि उनले जानकारी दिए । नेपाल नेसनल माउन्टेरिङ एसोेसिएसनमार्फत सुनार गुरुङले व्यक्तिगत खर्च गरेर  पाँचवटा रुट तयार गर्न लागेका हुन् ।
“एक प्वालमा लगाइने एक नट र बोल्टको युरो १४ रुपैयाँ पर्दोरहेछ”– संस्थापक अध्यक्ष श्रेष्ठले भन्नुभयो । हाल चालु रहेका १६ वटा रुटमा १०८ प्वाल खोपिएको र थप हुने पाँच रुट थप गरिएपछि उक्त सङ्ख्या अझै बढ्छ ।
पहिलोपटक रक क्लाइम्बिङमा आउने मानिसहरुसँग कुनै शुल्क नलिए पनि निरन्तर आइरहने व्यक्तिसँग प्रतिव्यक्ति ५० लिने गरेको सो समितिले जनाएको छ । जोखिम र साहसिक मानिने सो खेलमा हालसम्म आन्तरिक र बाह्य गरी पाँच हजारभन्दा बढी पर्यटकले रक क्लाइम्बिङ गरिसकेका र त्यसमा पनि बढी सङ्ख्या बाह्य पर्यटक नै रहेका छन् ।
रक क्लाइम्बिङ सञ्चालनमा ल्याएपछि आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्नुका साथै खेल पर्यटनको समेत विकास हुँदै गएको अध्यक्ष श्रेष्ठले बताए । पहिलापहिला बाँदर कुद्ने सो भीरमा पछिल्लो समयमा सूचनाको पहुँचसँगै इमेल तथा इन्टरनेटको माध्यमबाट प्रचारप्रसार हुन थालेपछि रक क्लाइम्बिङ खेलप्रेमी यहाँ आउन थालेको बताइएको छ ।

Post a Comment

 
Top