जनयुद्धमा दमन गर्ने पूर्व प्रहरी प्रमुख नै एमाओवादी समानुपातिक सभासद्
शाह तिनै प्रहरी प्रमुख हुन् जसले माओवादीले शुरुवात गरेको जनयुद्धको बेला उनीहरु विरुद्ध चर्को दमन गर्थे । शाह पहिले गण्डकी अञ्चलमा एसएसपी थिए, त्यसपछि डिआईजी भएपछि विराटनगर आए । एमालेका बामदेव गौतम गृहमन्त्री हुँदा उनी एआइजीमा बढुवा भए । उनी जनयुद्धको बेलामा उपत्यकामा प्रहरीको सोधपुछ तथा केरकार गर्ने विभागको प्रमुख पनि भए । शाहले नै अनुसन्धानका क्रममा यातना दिएर माओवादीका मजदुर संगठनका नेता रवि कार्र्की पागल बनाइ मारेका थिए । संकटकालको बेलामा पूर्व राजा ज्ञानेन्द्रका निकै निकट भएर शाहले काम गरेका थिए । तत्कालिन नेकपा–माओवादीका नेता रविन्द्रलाई पक्रन जाँदा गोली चलाउन लगाउने पनि यिनै शाह नै थिए ।
यसरी जनयुद्ध र जनआन्दोलनमा पार्टीका लागि योगदान नै नदिएका शाह समानुपातिक सूचीमा परेपछि अहिले त्यसको विरोध भएको छ । शीर्ष नेताहरु डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले त आज समानुपातिक सभासद् छान्न बसेको बैठकनै बहिस्कार गरे । शाहको नाम बन्द सूचीमा परेपछि केन्द्रिय सदस्यहरु कल्पना धमला, पुष्प विक्रम मल्ल र जिल्ला सेक्रेटरी राजु नेपालले उनी विरुद्ध पार्टी तथा अध्यक्षसमक्ष ज्ञापन पत्र नै बुझाएका थिए । ‘जनयुद्धमा कुनै योगदाननै नगरेका र त्यसको दमनमा उत्रने प्रहरी प्रमुखलाई समानुपातिक सभासद्मा राखेकोमा हाम्रो विरोध छ । यहाँ पक्कै पनि ठूलो पैसाको चलखेल भएको हुनुपर्छ,’ एक माओवादी नेताले रातोपाटीलाई बताए ।
Post a Comment