0

केजरीवालको सभाबाट दजनौं मोबाइल चोरी

' मन्त्रीसमेतको मोबाइल उडाइदिए '
 
kejriwalwa620_blog – रामलीला मैदानमा मुख्यमन्त्रीको शपथ ग्रहण गर्दा अरविंद केजरीवाल जनतालाई ईमान्दारी र सत्यताको बाटो हिँड्न शपथ खुवाइरहेका थिए । तर त्यही समय भीडमा केही चोरहरु भने दजनौं मानिसका मोबाइल र पर्समा हाथ साफ गरिरहेका थिए । यतिसम्मकी आम आदमी पार्टीका नयाँ परिवाहन मन्त्री सौरभ भारदवाजको पनि मोबाइल पनि चोरले उडाइदिए ।
आइतबार आफ्नो ट्वीटरमा ट्वीट गर्दै भारदवाजले यस विषयमा जानकारी दिए । उनलाई यस घटनाबारे सभास्थलबाट निस्केपछि मात्र थाहा भयो । चोरहरुले उनको माइक्रोम्याक्स कम्पनीको फोन चोरी गरेका हुन् । उनले यस विषयमा पुलिसमा कुनै रिपोर्ट भने लेखाएका छैनन् ।
यसरी मोबाइल र पर्स चोरी हुने दर्जनौंले भने पुलिसमा रिपोर्ट लेखाएका छन् । पुलिसले अहिले त्यहाँ लागइएको सिसिटिभी फुटेजहरु हेर्दै चोरलाई पत्ता लगाउने प्रयासमा रहेका छन् । पुलिसले यसरी मोबाइल हराउने धेरैको भीडका कारण मोबाइल खसेको अनुमान पनि गरेका छन् ।

Post a Comment

 
Top