0

प्रदूषण गरेको विरोधमा फ्याक्ट्री अगाडि धर्ना

 पुस ११–
मोरङको बाँसबारीस्थित हुलास वायर फ्याक्ट्रीले प्रदूषण गरेको भन्दै सोको विरोधमा स्थानीय जनताले उद्योग अगाडि आज बिहानदेखि धर्ना दिएका छन् ।
उद्योगले ध्वनि प्रदूषण गर्नुका साथै त्यसबाट निस्किने फोहोरले व्यापक प्रदूषण बढाएको स्थानीय जनताको आरोप छ । धर्ना कार्यक्रमले उद्योग बाहिर रहेका कामदार तथा कर्मचारी प्रवेश गर्न पाएका छैनन् भने भित्र उद्योगको काम भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उद्योगले प्रदूषण बढाएको विषयमा स्थानीय जनताले लामो समयदेखि आवाज उठाउँदै आएका छन् ।

Post a Comment

 
Top