दाहाल–रअ् सम्बन्ध
एमाओवादी वरिष्ठ नेताहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहालको भारतीय जासुसी संस्था रअ्सँगको सम्बन्धलाई लिएर कटु आलोचना गर्न थालेका छन्। ‘रअ्सित उठबस नगरौं, बेसी भो, हुन्न भनेर मैले बारम्बार भनें तर अध्यक्षले सुन्नुभएन’, नेता नारायणकाजी श्रेष्ठले सबै पूर्वपोलिटब्युरो सदस्य उपस्थित बैठकमा दाहालमाथि आक्रोश पोखे। उनले रअ्सँग अध्यक्ष दाहालको उठबसले पार्टीलाई क्षति पुगेको र जति प्रयास गरे पनि उनले यसलाई नसच्याएको आरोपसमेत लगाए ।
पुस १२ देखि चार दिनसम्म बसेको केन्द्रीय समिति बैठकमा पार्टीभित्र अध्यक्ष दाहालविरुद्ध रअ्सँग मिलेको मात्र होइन सहिद र बेपत्ता परिवारलाई बेवास्ता गरी छोरा प्रकाशलाई मात्र च्यापेको जस्ता गम्भीर आरोपसमेत लगाइयो। रअ्सँगको नियमित उठबस कायमै राख्ने हो भने अध्यक्षविरुद्ध संघर्ष नै गर्ने मनस्थिति बनाएको घोषणा पनि श्रेष्ठले गरे।
पुस १२ देखि चार दिनसम्म बसेको केन्द्रीय समिति बैठकमा पार्टीभित्र अध्यक्ष दाहालविरुद्ध रअ्सँग मिलेको मात्र होइन सहिद र बेपत्ता परिवारलाई बेवास्ता गरी छोरा प्रकाशलाई मात्र च्यापेको जस्ता गम्भीर आरोपसमेत लगाइयो। रअ्सँगको नियमित उठबस कायमै राख्ने हो भने अध्यक्षविरुद्ध संघर्ष नै गर्ने मनस्थिति बनाएको घोषणा पनि श्रेष्ठले गरे।
कांग्रेस युवा नेता अमरेशकुमार सिंह र भारतीय राजदूतलाई दाहालले पटकपटक भेट्नुपरेको कारणबारे उनले प्रश्न गरेका थिए। ‘यस्तालाई भेट्न नै छ भने विदेश विभागलाई जिम्मा दिनुपर्छु,’ उनले भने, ‘अध्यक्षले त भारतका प्रधानमन्त्री र ठूला नेता पो भेट्नुपर्छ।’श्रेष्ठले बैठकपछि पत्रकारसँग भनेका थिए, ‘हाम्रो अध्यक्षले रअ्का मान्छेलाई धेरै भेट्नु गलत हो। यो विषय मैले बारम्बार उठाउँदै आएको छु।’
श्रेष्ठले खिलराज रेग्मीलाई सरकार प्रमुख नबनाउन आफूले धेरै प्रयास गरे पनि सफल नभएको गुनासो पनि गरे। उनले भने, ‘यो पार्टीमा मैले भनेको मानेनन्। मैले रेग्मीलाई सरकार प्रमुख नबनाऔं भनें र नबनाउन धेरै प्रयास पनि गरें तर सफल भइनँ।’ दाहाल नै नेतृत्वमा रहिरहनुपर्ने भन्ने धारणा पनि गलत भएको बताउँदै उनले अहिल्यै हटाइहाल्नुपर्छ भन्ने मनसाय भने नभएको बताएका थिए। दाहाल ६० वर्ष पुगे पनि काम गर्ने ऊर्जा अझै रहेको उनको टिप्पणी थियो।
अर्का नेता बाबुराम भट्टराईको आलोचना गर्दै श्रेष्ठले दलको नेतृत्वमा सरकार बनाउन नमानेर उनले संगठनलाई ठूलो नोक्सान पुर्या्एको आरोप लगाएका थिए। उपाध्यक्ष पदबाट राजीनामा दिएर भट्टराईले राम्रो नगरेको उनको भनाइ थियो।श्रेष्ठपछिका वक्ता भट्टराईले अन्तरिम सरकार गठन नहुँदा पार्टीलाई क्षति पुगेको बताए। उनले प्रधानन्यायाधीशलाई सरकार बनाउन दिनु गल्ती भएको भन्दै पार्टी कमजोर हुनुको दोष अध्यक्ष दाहालतिर सोझ्याए। उनले श्रेष्ठको आरोपको जबाफ दिएनन्, बरु दाहाललाई नै लक्षित गर्दै अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए। बैठकमा उनले भने, ‘अहिल्यै मैले अध्यक्षको विकल्प खोजेको होइन, पार्टी निर्माणका लागि चलाएको छलफल बंग्याइएको छ।’
उनले सरकारमा जानुहुन्न भन्नु सैद्धान्तिक रूपमा गलत भएको धारणा राखे पनि कार्यनीतिक रूपमा सरकारमा जान नहुने बताए। प्रधानमन्त्रीय पद्धतिमा चल्ने भएकाले सरकारमा गए पनि निर्णय भनेजस्तो गराउन नसक्दा फसिने उनको धारणा थियो।भट्टराई र श्रेष्ठअघि अघि पोस्टबहादुर बोगटीले पनि अप्रत्यक्ष रूपमा दाहाललाई नै प्रहार गरेका थिए। पार्टीले वर्गसंघर्ष र वर्गीय दृष्टिकोण छाडेको, नेताहरूले आफ्नो वर्ग छाडेको भन्दै उनले मध्यम वर्गले आफूहरूलाई विश्वास नगरेको र तल्लो वर्गलाई पार्टीले छाडेका कारण समस्या आएको बताएका थिए।
दाहालले रअ्सँगको उठबस र आफ्नो वर्ग बढेकोजस्ता आरोपको जबाफ दिएनन्। उनले बैठकमा उठेका विषयको जबाफ अहिले दिन चाहन्नँ भन्दै पुस २६ सुरु हुने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने दस्ताबेजमै ल्याउने बताए। उनले विश्वको वर्गसंघर्ष जटिल स्थितिमा पुगेको, यसको विश्लेषण अहिले नै गरिनसकेकाले विरोधाभास देखिएको र वर्ग दृष्टिकोणमा विचलन आउन थालेको बताएका थिए।
Post a Comment