Latest News

0

मानव खप्पर तथा हातको हड्डीसहित दुई बाबा पक्राउ

human skullपुस १० – 
बर्दिया जिल्लाको गुलरिया नगरपालिका ११ बाट मंगलबार सशस्त्र प्रहरीको टोलीले एउटा मानव खप्पर तथा हातको हड्डी ६ वटा सहित दुई जना बाबाहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतको लखिमपुर जिल्लाको खिरी घर बताउने ५५ वर्षिय आँखे नाथ र सोही ठाउँ वस्ने ५० वर्षिय राजेन्द्र नाथ नामक दुई जना बाबाहरु छन् ।
उनीहरुलाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बर्दियाबाट खटिएको एपीएफ टोलीले जाँच गर्ने क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा उक्त मानव खप्पर तथा हड्डीसहित पक्राउ गरेको हो ।
एपीएफ टोलीले पक्राउ परेका बाबाहरुलाई बरामद खप्पर तथा हड्डीसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top