एमाले सरकारमा नजाने
नेकपा एमालेले सुशिल कोइराला नेतृत्वको सरकारमा नजाने निर्णय गरेको छ । नेपाली कांग्रेस पुर्वसहमतिबाट पछि हटेको भन्दै एमाले स्थायी समितले सरकारमा नजाने निर्णय गरेको हो ।
गृहसहित महत्वपुर्ण मन्त्रालय दिने विषयमा पहिले भएको सहमतिको उल्लंघन कांग्रेसबाट भएकोले सरकारमा सहभागि नहुने निर्णय भएको एमाले सचिव विष्णु पौडेलले बैठकपछि संचारकर्मीलाई जानकारी गराए । एमालेले गृह सहित महत्वपुर्ण मन्त्रालय दिन कांग्रेसले आनाकानी गरेको भन्दै आज हुन लागेको प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रम समेत बहिस्कार गरेको छ ।बैठकले गृहसहित महत्वपुर्ण मन्त्रालय नदिए सम्म सरकारमा सहभागि नहुने बताए पनि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा जारी राख्ने भन्ने विषयमा भने कुनै निर्णय गरेको छैन ।

Post a Comment