0
 
bamdev-hatiyarफागुन १५  – 
गृहमन्त्री बामदेव गौतमले पदको सपथ खान नपाउँदै प्रहरीका लागि चिनबाट एक अर्बभन्दा बढी मुल्यका अतियार खरिद गर्ने प्रकृया अघि बढाएपछि छिमेकी मुलुक भारत चिढिएको छ । प्राप्त खबर अनुसार नेपाल प्रहरीले यसै वर्षभित्र एक अर्ब तीन करोड रुपैया“ बराबरको आधुनिक हतियार खरिद गर्न बजेट बिनियोजन गरिसकेको छ ।
हतियार खरिद गर्दा कम्तीमा चालीसदेखि पचास प्रतिशतसम्म कमिसन अर्थात ४० देखि ५० करोड रुपैयाँसम्म प्राप्त हुने भएकाले गृहमन्त्री बामदेव त्यसतर्फै लोभीएका छन् । केही माफीयाहरुले बामदेवलाई गृहमन्त्री बनाउन व्यापक लवीङ गर्दै रकम समेत खर्च गरेको बुझिएको छ । प्रहरीलाई विभिन्न सामान आपूर्तिको काम गर्दै आएका ठेकेदार दिपक भट्टले वामदेव गौतमलाई चालिस करोड रुपैयाँ कमिसन दिने प्रतिबद्धता जनाउँदै हतियार आयातको ठेक्का आफूलाई दिन प्रलोभन दिइरहेका छन् ।
गृहमन्त्री बामदेवलाई ‘बुबा’ भन्दै सम्बोधन गर्ने दिपक भट्टले यसअघि वामदेव गृहमन्त्री भएका बेला रमेश चन्द ठकुरीलाई प्रहरी महानिरीक्षक बनाउन पनि यिनै दीपक भट्टले दुई करोड रुपैया“ उपलब्ध गराएको बुझिएको छ । झलनाथ खनाललाई एक करोड र वामदेव गौतमलाई दुई करोड दिएर त्यसबेला वरियाताक्रममा अगाडि रहेका रविन्द्रप्रताप शाहलाई पछार्दै दीपकले रमेश चन्दलाई आईजीपी बनाउने भूमिका निर्वाह गरेको सुत्र बताउँछ । वामदेव गृहमन्त्री भइसकेपछि प्रहरी र गृह मन्त्रालयअन्तर्गत हुने सम्पूर्ण लाभको काममा दीपक भट्टकै हालिमुहाली हुने निश्चित छ ।
बामदेवले कमिसनको लोभमा चिनबाट हतियार ल्याउन थालेको खबरबाट भारत भने चिढिएको छ ।
को हुन भट्ट ?
दिपक भट्ट पञ्चायतकालमा खाद्य संस्थानको महाप्रबन्धक भई भ्रष्टाचार काण्डमा मुछिएर बर्खास्त हुनुका साथै बदनामी कमाएका चतुर्भुज भट्टका छोरा हुन् । उनको फक्स ट्राभल्स र गोर्खा ट्राभल्स नामक ट्राभल एजेन्सी सञ्चालनमा छ । तर, खास धन्दा भने सेना र प्रहरीलगायतका निकायमा हतियार, युनिफर्म लगायतका आवश्यक हरेक सामग्री सप्लाई गर्नु हो । ‘गोर्खा ट्राभल्स’ उनले ज्ञानेन्द्र राजा भएपछि दरबारियासँग खरिद गरेका हुन् । गोर्खा ट्राभल्सका पहिलेका मालिक ज्ञानेन्द्र नै थिए ।
हतियारदेखि प्लेन, हेलिकप्टर खरिदमा समेत दलालीको धन्दा गर्ने भट्टले विभिन्न नाममा कम्पनी दर्ता गराएर धन्दा चलाउँदै आएका छन् । सुडान काण्डका भारतीसँग यीनको विशेष साँठगाँठ छ । दिपकले आफ्नो धन्दा सहज तुल्याउनकै लागि शक्तिकेन्द्रमा करोडौँ खर्च गरी रमेश चन्दलाई आइजीपी बनाएका थिए । पछि चन्दसँग उनको मनमुटाव भएको थियो ।
बामदेबलाई ‘बुबा’ भनी सम्बोधन गर्ने र मीठा कुरा गरेर जसलाई पनि लठ्याउन सक्ने भट्टको हरेक दलका शक्तिशाली नेताहरूसँग सम्बन्ध छ । त्रिशुली थ्री ए हाइड्रोपावरको क्षमता बढाएर राज्यलाई अर्बौं घाटा पार्ने ‘योजना’ भट्टकै दिमागको उपज हो । उनी सो प्रोजेक्टको चिनियाँ ठेकेदारका नेपाली एजेण्ट हुन् ।

Post a Comment

 
Top