चेपाङ किशोरीद्वारा आत्महत्या
चितवन, १५ फागुन :
चितवनमा एक चेपाङ किशोरीले आत्महत्या गरेकी छिन् ।
चितवनमा एक चेपाङ किशोरीले आत्महत्या गरेकी छिन् ।
यहाँको पार्वतीपुरमा घरेलु कामदारका रुपमा काम गर्दै आएकी १५ वर्षीया किशोरी शर्मिला प्रजाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले आज जानकारी दिएको छ ।
चितवनको विकट गाउँ कोराक–८ घर भई पश्चिम चितवन पार्वतीपुरस्थित एक घरमा काम गर्दै आएकी प्रजाले घरको रेलिङमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
स्थानीय मित्रलाल अधिकारीको घरमा उनी काम गर्दै आएकी थिइन् । आत्महत्याको कारण भने नखुलेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनको शव परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा राखिएको छ ।
आर्थिक अभावका कारण यहाँका विकट क्षेत्रका चेपाङ बालबालिका जिल्लाका विभिन्न क्षेत्रमा घरेलु कामदारका रुपमा बस्ने गरेका छन् ।
Post a Comment