0

अन्तरजातीय विवाह गर्ने जोडीले अनुदान पाएनन्

 
bibahaफागुन १५– 
मकवानपुर जिल्ला प्रशासन कार्यालयले यही फागुनको पहिलो सातामा तीन जोडीको अन्तरजातीय विवाह दर्ता गरेको छ ।
मकवानपुरका प्रजिअ एकनारायण अर्यालले ती अन्तरजातीय विवाह गर्ने दलित–गैरदलित जोडीलाई बुधबार हेटौँडामा विवाह दर्ताको प्रमाणपत्र वितरण गरे ।
अन्तरजातीय विवाह गर्ने जोडीमध्ये मकवानपुरको भैसे गाविस–१ का २७ वर्षीय सञ्जिव जोशी तथा नामटार गाविस–२ बस्ने २३ वर्षीया अञ्जु परियार तथा हेटौँडा नगरपालिका वडा नं ९ पशुपतिनगर बस्ने २७ वर्षीय निरज लामा एवम् सोही वडा बस्ने २४ वर्षीया कस्मीकुमारी परियार रहेका छन् ।
त्यस्तै रौतहटको पोराई गाविस–२ बस्ने २४ वर्षीय छत्रकुमारी फुयाँल एवम् हेटौँडा नगरपालिका–४ बस्ने २७ वर्षका रामकुमार विश्वकर्मा हुनुभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
मकवानपुरमा अघिल्लो आव २०६९÷७० मा दलित र गैरदलितबीच जम्मा ३५ जोडीको अन्तरजातीय विवाह दर्ता गराएको थिए ।
ती ३५ जोडीमध्ये २७ जोडी दम्पतीले सरकारद्वारा घोषणा गरिएको रु एक लाख अनुदान रकम प्राप्त गरेको जिल्ला प्रशासन कार्यालयका लेखा अधिकृत दीपकप्रसाद पन्तले बताए ।
अघिल्लो आवका आठ जोडी दम्पतीले अहिलेसम्म अनुदान रकम प्राप्त गर्न नसकेको बताएका छन् ।

Post a Comment

 
Top